राजकुमार गुप्ताले जोगाए पर्सामा एमालेको साख

विषम परिस्थितीमा समेत जनताको बीचमा रहेर काम गर्दै आएका कारणले गुप्ता पार्टीकै प्रभावशाली नेताहरु विपक्षीसँग मिल्दा पनि जित्न सफल भएका हुन् । जानकारका अनुसार गुप्तालाई हराउन नेताहरु वीरगन्जबाटै डिलिङ गरि रहेका थिए ।

सम्वादाता | २०७९ मंसिर ८ गते १५: २२ मा प्रकाशित

वीरगन्ज– पर्साको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका एमालेका राजकुमार गुप्ताले जिल्लामा पार्टीको साख जोगाएका छन् । पर्सामा प्रतिनिधी सभा र प्रदेश सभा गरि एमालेबाट ६ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये गुप्ता मात्र विजयी भएका हुन् ।

क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार जालिम मियाँ कांग्रेसका रमेश रिजालसँग ५ हजार भन्दा बढी मतले पराजित भएका छन् ।  यसैगरि प्रदेश सभामा उम्मेदवारी दिएका एमालेका विचारी यादव, हरेराम पटेल, मन्जुर अन्सारी, जय प्रकाश थारु पराजित भएका छन् । पर्सा ४(क) मा चुनावी पराजित भएका जय प्रकाश थारु एमालेको पर्सा जिल्ला अध्यक्ष समेत हुन् ।

विषम परिस्थितीमा समेत जनताको बीचमा रहेर काम गर्दै आएका कारणले गुप्ता पार्टीकै प्रभावशाली नेताहरु विपक्षीसँग मिल्दा पनि जित्न सफल भएका हुन् । जानकारका अनुसार गुप्तालाई हराउन नेताहरु वीरगन्जबाटै डिलिङ गरि रहेका थिए ।

विशेष गरि प्रत्यक्ष र समानुपातिकमा समेत नाम नपरेको र स्थानीय तह निर्वाचनमा पराजित भएका नेताहरु गुप्तालाई हराउन लागेका थिए । विजयी भएका गुप्ताले २४ हजार २ सय ६० मत ल्याएका छन् । चौधरीले २४ हजार १ सय ९ मत ल्याएका छन् ।

कडा प्रतिस्पर्धाका बीच गुप्ताले कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ मतले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्