जसपा पर्सा अध्यक्ष पराजित

पर्साको निर्वाचन क्षेत्र नम्बर २(१) मा कांग्रेसका श्याम पटेलले यादवलाई पराजित गरेका हुन् ।

सम्वादाता | २०७९ मंसिर ६ गते १८: १९ मा प्रकाशित


वीरगन्ज– जनता समाजवादी पार्टी (जसपा) का पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव प्रदेश सभा निर्वाचनमा पराजित भएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर २(१) मा कांग्रेसका श्याम पटेलले यादवलाई पराजित गरेका हुन् । विजयी भएका पटेलले १३ हजार ७ सय ८४ मत पाएका छन् भने यादवले १२ हजार १ सय १७ मत पाएका छन् । १६ सय २७ मतले कांग्रेसका पटेल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्