पर्साको क्षेत्र नम्बर ४ (ख) को माओबादी उम्मेदवारमा जसपाको लगानी, प्रहलाद अगाडी सिंगासन पछिपछि 

पाँच वर्ष अगाडी ठेकेदार सिंहासन रकमी चलखेल गरि जसपाको टिकट हात पारेर मधेश आन्दोलनको फाईदा उठाउदै निर्वाचित भएका थिए । 

सम्वादाता | २०७९ मंसिर १ गते २०: १३ मा प्रकाशित

वीरगन्ज– पर्साको निर्वाचन क्षेत्र नम्बर ४(ख) मा स्वतन्त्र उम्मेद्वार प्रहलाद गुप्ताको अग्रता देखेर जसपाका उम्मेद्वार सिंहासन साह कलवार हतोत्साहित देखिएका छन । लालटेन छापको स्वतन्त्र उम्मेद्वार प्रहलाद गुप्ता प्रतिको आकर्षण देखेर सिंहासन कलवार विभिन्न चलाखी गर्न बाध्य बनेका छन । 

जानकारका अनुसार क्षेत्रमा सिधा प्रतिस्पर्धा प्रहलाद गुप्ता र सिंहासनबीच रहेको छ । प्रहलाद गुप्ता स्वतन्त्र भएको कारण उनलाई चौतर्फी मत आउने स्थीती देखेर सिंहासन कलवारले प्रतिस्पर्धामा नरहेको माओबादी उम्मेद्वार शेखचांद ताराले केही मत पाउन भनेर लगानी सुरू गरेका छन । चांदताराले गुप्ताको मत आफुतिर तान्न सकने स्थिति नरहेकोले सिंहासन कलवारले गरि रहेको लगानी खेर जाने मतदाताले बताएका छन ।

एमालेका सांसद उम्मेद्वार जालिम मिया र सिंहासनको संयुक्त चुनावी गतिविधि हुँदै आएपनि जालिम मियाँले पछिल्ला केही दिन यता मिडियामा एमालेको मत नचाहिने अभिव्यक्ति दिएपछि सिंहासन साह कलवार हतोत्साहित हुँदै आफ्नो छुट्टै अभियानमा जुटेका छन । 

जालिम मियाँले स्वतन्त्र उम्मेदवारको नेपाली कांग्रेस संग गठबन्धन भएको प्रतिक्रिया दिन लगतै सिंहासन कलवार आफु मात्र कसरी जितने प्रयासमा जुटेका छन । पाँच वर्ष अगाडी ठेकेदार सिंहासन रकमी चलखेल गरि जसपाको टिकट हात पारेर मधेश आन्दोलनको फाईदा उठाउदै निर्वाचित भएका थिए । 

तर पाँच वर्षमा जनअपेक्षा अनुसार काम नगरि ठेकेदारी मै व्यस्त रहेको कारण अहिले क्षेत्रका मतदाता स्वतन्त्र उम्मेद्वार प्रहलाद गुप्ता प्रति आकर्षित देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्