मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा सँगै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् ।
वीरगन्ज –पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेललाई महानगरपालिका वडा नं १४ पिप्राका मतदाताहरुले भव्य रुपले स्वागत गरेका छन् । अपराध मुक्त र भ्रष्टाचार मुक्त अभियान सहित स्वतन्त्र उम्मेदवारी दिएका युवा उम्मेदवार सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका हुन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ का वडावासीहरुले स्वतन्त्र उम्मेदवारी दिएका पटेललाई टिका माला लगाई भब्य रुपले स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल लगायतलाई स्थानीयहरुले हिन्दु धर्म मान्नेहरुका लागि शुभ मानिने दही र मिठाई खुवाउनुका साथै फुलको माला र टिका लगाई भव्य रुपले स्वागत गरेका थिए ।
पटेललाई आफ्नो क्षेत्रमा स्वागत गर्दै वडा भित्र घरदैलोमा समेत स्थानियले सहभागिता जनाएका थिए । मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा सँगै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् ।
वडा नम्बर १४ का मतदाताहरुका अनुसार आफुहरुले विभिन्न माध्यमबाट यस क्षेत्रबाट निर्वाचनमा सहभागी मतदाताहरुको गैर जिम्मेवार अभिव्यक्ती सुनेर आश्चर्यमा परेको जनाउंदै प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्