एकबाल मियाले प्रचार गरेनन्, काम धेरै गरे : वारा ४ का मतदाता

सम्वादाता | २०७९ कार्तिक २९ गते २१: ३७ मा प्रकाशित

कलैया– बारा क्षेत्र नं. ४ निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दा कामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन् ।

२०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएको सुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् । मियाले निर्वाचनपछि मुख देखाउने भन्दा विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरेको मतदाताको भनाई छ ।

‘अरु नेता हुल बाधेर हिड्छन्, काम गरेको भन्दा बढी प्रचार गरेका हुन्छन्’ अमलेखगंजका सुरेश मगरले भने ‘तर मियाले कहिल्यै त्यस्तो गरेको मैले थाहा पाईन् । आफ्नो प्रचार गर्ने भन्दा कामलाई प्राथमिकता दिएको देखे ।’ मियाले क्षेत्रको दुवैतर्फ विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको र विभेद नगरेको मगरले बताए ।

मिया अघिल्लो पटक तत्कालिन राजपा (हाल लोसपा) बाट निर्वाचित भएका थिए । लोसपाको प्रभाव जीतपुरभन्दा उत्तरतर्फ कम छ । पार्टीको प्रभाव कम रहेको र कार्यकर्ता समेत सक्रिय नभएका कारण मिया आएको र फर्किएको प्रचार नहुने गरेको जीतपुरसिमरा २२ चकरीकी मुना थिङले बताईन् ।

‘नेता चुनाव जितेदेखीनै आईराख्नु हुन्थ्यो । यहाा पनि विकास निर्माण र जनताको आवश्यकता अनुसारको काम गर्नुभएको छ’ थिङले भनिन् ‘तर अर्को पार्टीको मान्छे नेताले मुख देखाएनन् भनेर भन्छन् । तर हामीलाई सत्यता थाहा छ ।’

उम्मेदवार मिया आफू समेत संगठन सक्रिय नभएका कारण उत्तरी क्षेत्रमा आफ्नो उपस्थितीले प्रचार नपाएको बताउछन् । आफूले कामलाई प्राथमिकता दिएको बताउदै मियाले प्रचार गर्नका लागि आफूले कार्यकर्ता बोकेर कहिल्यै पनि नहिडेको बताए ।

मैले प्रचार गर्न चाहेको भएर दुई गाडी कार्यकर्ता बोकेर जता पनि हिड्न सक्थे । तर मैले त्यसो गरिन’ मियाले भने ‘जनताले माग गरेका योजना आवश्यकता रहेनरहेको हेर्थे र आवश्यकता अनुसार योजना निर्माणको कामलाई प्राथमिकता दिन्थे ।’

आफूले उत्तरी क्षेत्रतर्फ जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज, चकरी, मकरी, सिमरा, जीतपुर रामबन, बजनीलगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको क्षेत्रमा उलेख्य काम गरेको बताए । आफूले मुख नदेखाएको भन्दै जनतालाई झुक्याएर भोटको खेती नगर्न समेत प्रतिस्पर्धीलाई आग्रह गरेका छन् । मियाले दक्षिणतर्फ फेटा, परवानीपुर, प्रसौनी र कलैयालगायतको क्षेत्रमा गरेको कामलाई जनताले रुचाएको बताए ।

फेटा गााउपालिकाका रामपुकार दासले निवर्तमान सांसदको विषयमा दक्षिणतर्फ मुख नदेखाएको भन्ने गुनासो नरहेको सुनाए । उनले मियाले गरेको कामलाई जनताले रुचाएको र यसपटक पनि उम्मेदवार भएको देख्दा जनता उत्साहित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्