सिमरा – बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि प्राप्त जनसमर्थनबाट हौसिएका वाग्ले अहिले निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् ।
सुरुवातदेखीनै निर्वाचन परिचालनलाई प्रभावकारी बनाउदै लगेका उनले चुनाव आउन पाच दिन बााकी रहदा मतदातासंगको भेटघाटलाई बाक्लो बनाएका छन् । यस क्षेत्रमा रहेको ३८ वटै वडामा पुगेर मतदातासंग आफ्नो योजना र अनुभव सुनाईरहेका वाग्ले पछिल्लो समय बलियो प्रतिस्पर्धीको रुपमा उदाएको देखिन्छ ।
सानो निर्वाचन परिचालन कमिटीबाट आफ्नो प्रचार अभियान सुरु गरेका वाग्लेको पक्षमा मत माग्न अहिले प्रचार कमिटी नै सयौंको संख्यामा सक्रिय छन् । चुनावी प्रचारका लागि वाग्लेले बनाएको परिचालन कमिटीले क्षेत्रभरी सयौंको संख्यामा सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । सम्पर्क कार्यालयमार्फत वाग्लेको समर्थनमा चुनावी प्रचार हुादै आएको छ ।
क्षेत्रभरी आफ्नो पक्षमा जनसमर्थन बढ्न थालेपछि वाग्ले उत्साहित देखिएका छन् । उनि आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । ‘मेरो अभियानमा उत्साहजनक समर्थन पाएको छु । क्षेत्रभरीका नागरिक जिताउन तयार हुनुहुन्छ’ वाग्लेले भने ‘यो मेरो मात्रै जित हुने छैन, यस क्षेत्रका सम्पूर्ण नागरिकको जित हुनेछ ।’
सिमरास्थित होटल इच्छाका संचालक वाग्ले लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । कांग्रेसको नेतृत्व तहसम्म उनि परिचित छन् । निर्वाचन नजिकिदै गर्दा वाग्लेले यस क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए । उनको तयारी अनुसार यस क्षेत्रबाट पहिलो नम्बरमा उनको नाम सिफारिस भएको थियो ।
तर गठबन्धनको भागबण्डामा यस क्षेत्र नेकपा एकिकृत समाजवादीको भागमा पर्यो । एकिकृत समाजवादी यस क्षेत्रको सबैभन्दा कमजोर जनमत रहेको पार्टी हो । गठबन्धनको ठुलो शक्तिको रुपमा रहेको कांग्रेसलाई पन्छाएर एकिकृत समाजवादीले टिकट प्राप्त गरेपछि वाग्लेले स्वतन्त्र अभियान सुरु गरेका हुन् ।
सत्तारुढ गठबन्धनको भागबण्डामा कांग्रेसले प्रतिनिधिसभा मात्रै होईन यस क्षेत्रका दुई वटा प्रदेशसभामा पनि टिकट समेत हात पार्न सकेन् । प्रदेश सभाका लागि कांग्रेसका श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, लोकेश सिंहजस्ता युवा नेता टिकट प्राप्त गर्नेमा ढुक्क र उत्साहित थिए । गठबन्धनकै ठुलो शक्ति भएका कारण पनि कांग्रेसले टिकट पाउनेमा उम्मेदवारका आकांक्षीसहित कांग्रेसका नेताकार्यकर्ता विश्वस्त देखिन्थे
तर अन्तिम समयमा कांग्रेसले कुनै पनि क्षेत्रमा टिकट प्राप्त गर्न सकेन् । प्रतिनिसिभा एकिकृत समाजवादीले पाउदै गर्दा प्रदेशसभा ४(१) नेकपा माओवादी केन्द्र र ४(२) लोकतान्त्रिक समाजवादी पार्टीले पायो । जनमतका हिसाबले बलियो शक्ति कांग्रेसको भागमा भने गठबन्धनका उम्मेदवारलाई जिताउने जिम्मेवारी पर्यो ।
कांग्रेसको अस्तित्वनै समाप्त पार्ने गरी गठबन्धनमा सहमती भएपछि यस क्षेत्रको कांग्रेसका नेताकार्यकर्ता रुष्ट भए । जसका कारण नै कांग्रेसका अगुवा नेता वाग्ले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बने । वाग्लेलाई उम्मेदवार बन्न कांग्रेसका नेताकार्यकर्ता र समर्थकले नै आग्रह गरेका थिए । कांग्रेसका निराश समर्थकको आग्रहपछि उम्मेदवारका रुपमा अघि बढेका वाग्ले अहिले बलियो प्रतिस्पर्धीको रुपमा उदाएका छन् ।
कांग्रेसका केही प्रभावशाली नेताहरु वाग्लेको पक्षमा खुलेर प्रचारमा नहिडेपनि मौन समर्थन जनाइरहेका छन् भने अन्य अधिकांश नेताकार्यकर्ता खुलेरै प्रचारमा व्यस्त छन् । आफ्नो पार्टीको उम्मेदवार र मतपत्रमा चुनाव चिन्हनै नहुने भएपछि स्वतन्त्र उम्मेदवार जिताएर क्षेत्रको विकासका लागि आफ्नो मतको सदुपयोग गर्ने कांग्रेसका नेताकार्यकर्ता बताउछन् ।
‘प्रत्यक्षतर्फ कांग्रेसको उम्मेदवार पनि छैनन् र मतपत्रमा कांग्रेसको चुनाव चिन्ह पनि हुदैन’ नेपाली कांग्रेस जीतपुरसिमरा नगर कमिटीका पूर्वसचिव सुशिल ढोडारीले भने ‘त्यसैले हामी स्वतन्त्र अभियानमा जोडिएका छौ । यस क्षेत्रको विकासका लागि स्वतन्त्र उम्मेदवारलाई बिजयी गराएर मतको सदुपयोग गर्नेछौं ।’
ढोडारीले भनेजस्तै यस क्षेत्रका अधिकांश कांग्रेसका नेताकार्यकर्ता वाग्लेको पक्षमा खुलेको देखिन्छ । कांग्रेस नेताकार्यकर्ता मात्र नभई वाग्लेको पक्षमा स्वतन्त्र नागरिकले समेत सक्रिया सहभागिता जनाएका छन् । बाहिरबाट आएका उम्मेदवारलाई भन्दा यसै क्षेत्रमा आफ्नो सर्वस्व लगानी गरेर र संयौको संख्यामा स्थानीयलाई रोजगारी दिएका उम्मेदवारलाई आफूहरुले समर्थन गरेको पथलैयाका विश्वास थापाले बताए ।
कराडौंको लगानी लगाएर सिमरालाई देशभर चिनाउन, होटलमार्फत यस क्षेत्रको पर्यटन प्रवद्र्धन लागि भूमिका खेल्न सफल व्यक्तिलाई जिताउन सके शिक्षा, स्वास्थ्य, कृषी, सडकलगायत विभिन्न क्षेत्रको विकासले गति लिनेमा आफूहरु आशावादी रहेको थापाले बताए ।
‘सिमरामा पाच तारे होटलको कल्पना कसले गरेको थियो? सुरुमा होटल खुल्दै गर्दा लगानी डुब्छ भन्ने हामीलाई पनि लागेको थियो’ थापाले भने ‘तर अहिले त्यही होटलको कारण सिमरा देशभर परिचित छ । देशभरीबाट आन्तरिक पर्यटकको केन्द्र सिमरा बनेको छ । ’ आफ्नो व्यवसायसंगै यस क्षेत्रको विकासलाई योगदान गरेका व्यक्तिलाई जिताउन सके यस क्षेत्रमा परिवर्तन ल्याउन असम्भव नरहेको थापाको भनाई छ ।
जीतपुरका सुरेश साह होटल इच्छाकै कारण जीतपुरसिमरामा अहिले कराडौंको लगानीमा थुप्रै होटल खुलेको र व्यवस्थित शहरको रुपमा जीतपुरसिमरा चिनिन थालेको बताउछन् । सिमरामा होटल इच्छाले सफलता पाएसंगै लगानीकर्ता होटल तथा पर्यटन व्यवसायमा आकर्षित हुन थालेको र पर्यटनको क्षेत्रमा सिमराले फड्को मारेको साहले बताए ।
जीतपुरसिमरामा अहिले हजारौंको सख्यामा पर्यटक आएपनि राख्न सकिने क्षमताका होटल खुलिसकेका छन्’ साहले भने ‘सिमरालाई यो स्थितीमा ल्याउन नेतृत्व गर्ने व्यक्ति त वाग्ले नै हुन् । एउटा क्षेत्रबाट सिमरामा परिवर्तन ल्याउन सक्ने व्यक्ति निर्वाचित भए यस क्षेत्रमा कति धेरै परिवर्तन हुन्छ होला । हामी त्यो परिवर्तनको सपना देखेर स्वतन्त्र अभियानमा जोडिएका छौ । ’
वाग्लेको पक्षमा उत्तरी क्षेत्रका मात्र नभइ दक्षिणी क्षेत्रका नागरिक समेत सक्रिय भएर लागेका छन् । होटल तथा पर्यटन व्यवसायमार्फत विकास र परिवर्तन सम्भव छ भन्ने देखाएका कारण पनि वाग्लेप्रति आकर्षण बढेको देखिन्छ । फेटाका २५ वर्षीय युवा अशोक पटेल उत्तरी क्षेत्रजस्तै दक्षिणतर्फको मुहार फेर्नका लागि पनि स्वतन्त्र उम्मेदवार जिताउने अभियानमा स्थानीय युवाहरु लागेको बताउछन् ।
‘पर्यटन क्षेत्रको विकासले विभिन्न देशको मुहार फेरिएको र आर्थिकरुपमा सम्पन्न भएको उदाहरण त हामीले पढेकै छौ । हाम्रै देशमा पनि पर्यटकिय शहरहरु छन्’ पटेलले भने ‘देशकै मुहार फेर्न सकिने क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवार हामीले पाएका छौ भने एकपटक त्यो अभियानलाई साथ किन नदिने ? सबै युवा सचेत हुनुपर्छ । आफ्नो लागी होईन् क्षेत्रको विकासका लागि मतको सदुपयोग गरौं ।’
स्वतन्त्र उम्मेदवार वाग्लेले पनि आफ्नो जितपछि बारा ४ को मुहार फेर्न आफु सक्षम रहेको बताउदै आएका छन् । जिल्लाको अन्य क्षेत्रमध्ये सबैभन्दा बढी सम्भावना बोकेको बारा क्षेत्र नं. ४ लाई आगामी पााच वर्षमा नमुना क्षेत्रको विकास गर्ने वाग्ले बताउछन् ।
‘सांसद भनेको नीति निर्माण तहमा प्रतिनिधित्व गर्ने व्यक्ति हो । यस क्षेत्रको सम्भावना के छ भन्ने मलाई अनुभव छ’ वाग्लेले भने ‘मैले त्यही अनुभवको आधारमा यस क्षेत्रलाई केन्द्रीत गरेर नीति तथा कार्यक्रम बनाउन भूमिका खेल्ने हो । अनि मात्रै यस क्षेत्रमा परिवर्तन भएको आभास जनताले गर्नेछन् । म त्यो अभियानमा छु । ’
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्