बशरुद्दिनलाई कारवाही किन नगर्ने ?

एमाले नेता अंसारी आफ्नो पार्टीका उम्मेदवारलाई नभई आफ्नो सामुदायको व्यक्तिलाई निर्वाचित गराउने गरी प्रचार प्रसारमा हिडेको आरोप छ ।

सम्वादाता | २०७९ कार्तिक २९ गते २१: १३ मा प्रकाशित

पर्सा– नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य बसरुदिन अंसारीलाई एमाले पार्टीका उम्मेदवार विरुद्धमा प्रचार प्रसार गरेको आरोपमा स्पष्टिकरण सोधिएको छ । अंसारी पार्टीको अधिकारीक उम्मेदवारको विरोधमा प्रचार प्रसार जस्ता गतिविधि गरेको आरोपमा मधेश प्रदेश कमिटि स्पष्टिकरण सोधेको हो ।

पार्टीको एक जिम्मेदवार व्यतिmबाट पार्टीको उम्मेदवार विरुद्ध लाग्नु के उचित हो ? वास्तविकता के हो ? यसको जवाफ दुई दिन भित्र पेश गर्न एमाले प्रदेश कमिटिका अध्यक्ष रामअवतार यादवले स्पष्टिकरण पेश गर्न पत्र जारी गरेका छन ।

उनका अनुसार ४८ घण्टा भित्रमा स्पष्टिकरणको जवाफ नआएको खण्डमा आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईनेछ । एमाले नेता अंसारी आफ्नो पार्टीका उम्मेदवारलाई नभई आफ्नो सामुदायको व्यक्तिलाई निर्वाचित गराउने गरी प्रचार प्रसारमा हिडेको आरोप छ । उनी विगत एक महिना देखि एमाले जसपा गठबन्धनको अधिकारिक उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लाग्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्