एमालेको भोट मलाई चाहिदैँन् : जालिम मियाँ (हेर्नुस् भिडियो)

घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँगको छोटो अन्तरक्रियामा एमाले जसपाको उम्मेदवार जालिमले आफूलाई एमालेको भोट नचाहिने बताए

सम्वादाता | २०७९ कार्तिक २९ गते १४: ३६ मा प्रकाशित

धोबिनी– पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा उम्मेदवार जालिम मियाँले आफूलाई एमालेको भोट नचाहिने प्रतिक्रिया दिएका छन् । धोबिनी गाउँपालिकाको लंगडीमा सोमबार भएको घरदैलो कार्यक्रममा सञ्चारकर्मीसँगको छोटो अन्तरक्रियामा एमाले जसपाको उम्मेदवार जालिमले आफूलाई एमालेको भोट नचाहिने बताएका हुन् ।

 १० महिना अगाडि मात्र माओवादी त्यागेर एमाले प्रवेश गरेका जालिम मियाँले पार्टीका जिल्ला सचिव मनोज गुप्ताको ‘छुवाईल’ भोट समेत आफूलाई नचाहिएको बताएका छन् । गुप्ता छिपहरमाई गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका हुन् ।

‘एमाले जिल्ला सचिवले मेरो भोट मागेका छैनन्,’ जालिमले भनेका छन्, ‘मलाई एमालेको भोट चाहिदैन्, जनता मसँग छन् ।’  छिपहरमाई, कालिकामाई, धोबिनी लगायतका गाउँपालिकाका एमालेका अगुवा नेताहरुलाई जालिमले चरित्रहिन महिला (उढरी) को संज्ञा दिएका छन् । ‘गाउँ मे कौने औरत बिगडेला त ओकरा सँग गाँव के लोग जाला ?’ जालिमले सञ्चारकर्मीलाई प्रश्न गरेका छन्, ‘बोलना त उढरी के सँगे के जाई ? ।’ 

जालिमले एमालेका जिल्ला सचिव सहित छिपहरमाई, कालिकामाई, धोबिनी लगायतका गाउँपालिकाका एमालेका अगुवा नेताहरुलाई चरित्रहिन महिलासँग तुलना गर्दा उनका समर्थकहरु हाँसिरहेका थिए । महिला प्रति जालिमको ‘छुद्र’ टिप्पणीले एमालेको साख खसाएको छ । एमालेको उम्मेदवार जालिमको अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्