क्षेत्र २ मा कुर्मीको पक्षमा माहोल बन्दै

उदयपुरघुर्मीमा जसपाको घरदैलो सम्पन्न

सम्वादाता | २०७९ कार्तिक २६ गते १८: ०१ मा प्रकाशित

वीरगञ्ज- जसपा–एमाले गठबन्धनले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएको छ । उम्मेदवार र कार्यकर्ताले पर्सा क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तर्गत वीरगञ्ज महानगरपालि वडा १९ उदयपुरघसर्मी पुगेर मतदाता सँग भेटघाट गरेका हुन् । 

जसपा–एमाले गठबन्धनका क्षेत्र २ को प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेशसभा सदस्य क्षेत्र २ (क) का उम्मेदवार रामनरेश गादवको संयुक्त टोलीले घरदैलो गर्दै मतदातालाई भेटेर छाता छापमा मतदान गर्न आग्रह गरेका थिए ।

विकासको काममा अग्रसरता नदेखाएको र समाजमा भ्रष्टाचार मौलाएको र त्यसलाई रोक्न अब आफुहरुलाई मत दिन मतदातासँग प्रतिनिधीसभा सदस्य उम्मेदवार कुर्मीले आग्रह गरेका थिए ।

स्थानीय ठाउँको विकासका लागी अव जसपा–एमाले गठबन्धनको विकल्प नरहेको भन्दै उनले मतदातासँग छाता चुनाव चिन्हमा मत मागेका थिए ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, बाटो निर्माण देखि लिएर महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरु सहित मतदाता संग मत माग्दै आफ्नो समूहलाई मतदान गर्न आग्रह गरेका थिए ।

उदयपुरघुर्मी पुगेका जसपा–एमाले गठबन्धन नेता तथा कार्यकर्ताको टोलीले जनता आफुहरुसँग उत्साहित रहेको र छाता चिन्हमा मतदान गर्ने वाचा गरेको उम्मेदवार कुर्मी जानकारी दिएका छन् ।

घरदैलो क्रममा उम्मेदवारहरुले जनचाहना अनुसारका विकासका कार्यहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । घरदैलोका क्रममा स्थानीयले उम्मेदवारलाई स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्