वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नं. २ बाट गठबन्धन गरी उम्मेदवारी दिएका एमाले र जसपाका उम्मेदवारहरु सँगसँगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै छन् । सो क्रममा उनीहरूले मतदाताबाट आर्शीवाद लिँदै चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज वीरगञ्ज ३ छपकैया टोलमा सम्पन्न भएको छ । घरदैलोमा क्षेत्र २ का प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र क्षेत्र २ को (क) का उम्मेदवार हरेराम पटेलले छाता र सूर्यमा मतदान गर्न आग्रह गरेका थिए ।
उहाँहरूले वीरगञ्ज वडा नं. ३ मा पुगेर मतदाताहरुसँग आफूहरुलाई मतदात गरी विजय गराउन आग्रह गरेका थिए । जनताको घरदैलोमा पुगेका कुर्मी र पटेललाई भने मतदाताहरुले रुचाउन थालेका छन् ।
यसक्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उमेदवारले प्रतिवद्धता जनाएका छन् । चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्