मेडिकल माफियाको विग विगि अन्त्य गर्छु : कोइराला

चितवन क्षेत्र नम्बर ३ का उम्मेद्बार दिनेश कोइरालाले शिक्षा र स्वास्थ्य आफ्नो प्रथामिकतामा रहेको बताएका छन्।

सम्वादाता | २०७९ कार्तिक २३ गते ०८: ११ मा प्रकाशित

चितवन –आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर ३ का उम्मेद्बार दिनेश कोइरालाले शिक्षा र स्वास्थ्य आफ्नो प्रथामिकतामा रहेको बताएका छन्।

भरतपुर महानगरपालिका वडा नं। २५ अमृतचोकमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै नेता कोइरालाले शिक्षा र स्वास्थ्यमा राजनिती गर्न नदिने र निशुल्क स्वास्थ्य शिक्षा बनाउने बताए । आज स्वस्थ्य र शिक्षामा व्यापार भएको छ।

तपाइँको मुख हेरेको मात्र ८००-१००० लिने गरेको छ मेडिकल माफियाको विग विगि छ हामी यसको अन्त्य गर्छौ। शिक्षाको नाममा र स्वस्थ्यको नाम मा लाखौ लुट्नेहरुलाई खबरदारी गर्छौ भन्दै उनले आफुले जिते शिक्षा र स्वास्थ्य निशुल्क गर्ने बताउनुभएको छ।

ठुला-ठुला अस्पताल र बोर्डिङस्कुल खोलेर राजनिती गर्नेहरु स्वास्थ र शिक्षाको नाममा दिनहुँ लुट्नेहरु लोकतान्त्रको नाममा झुटा आश्वासन दिदै हिडेको भन्दै उहाँले होसियारी हुन आग्रह गर्नुभएको छ। रातारात कोरोना अस्पताल भनेर स्थापना गर्ने र चप्पल देखि चोरेर हिड्नेहरुलाई र शिक्षाको नाममा व्यापार गर्नेहरुलाई गठबन्धनले बोकेकोले आफुले स्वतन्त्र उम्मेद्बारी दिएको उनले बताए।

कोण सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पार्टी अध्यक्ष राम प्रसाद न्यौपानेले प्रतिनिधि सभा सदस्य निर्वाचनका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई जिताउने जिम्मा एमालेले लिएको बताउनु भएको छ।

दिनेश कोइराला नेपाली कांग्रेसको नेता भए पनि एमालेले जिताउन खोजेको जानकारी गराउँदै उनले कांग्रेसले पनि उनलाई नै सहयोग गर्नुपर्ने बताए। “आफू इमान्दार कांग्रेस हो भने दिनेशलाई जिताउनुस“, न्यौपानेले भने। एमालेले विकास र समृद्धिको अठोट लिएको बताउँदै त्यो के।पी ओलीबाट मात्र सम्भव भएको उनले बताए ।

सभामा बोल्दै चितवन क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार सरस्वती विष्टले निकुञ्ज ऐन संसोधन गर्दै पर्यटकिय रुपमा यस क्षेत्रलाई विकास गर्ने बताउनुभएको छ। माडी र पश्चिम चितवनको भुगोल सगं आफू परिचित रहेको बताउदै निकुञ्ज ऐन संसोधन गरे यस क्षेत्रलाई पर्यटकीय रुपमा स्थापना गर्न सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्