वीरगञ्ज- जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मीले गठबन्धनका कारण जित सुनिश्चित भएको बताएका छन् । जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरमा सम्पन्न भएको छ ।
घरदैलोमा प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभा सदस्यका उम्मेदवार रामनरेश यादवले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । चुनावी घरदैलो अभियानका क्रममा कुर्मीले गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताएका हुन् ।
घरदैलो अभियानका क्रममा क्षेत्र नम्बर २ को पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुर क्षेत्रमा मतदाताहरूसँग भेटघाट गरेका थिए । उनले आफू नागरिकमाझ काम गर्न सक्ने प्रतिवद्धतामात्रै लिएर उपस्थित भएको बताए । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका कुर्मीले गठबन्धनले बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताए ।
कुर्मीले भने ‘हामी आम नागरिकमाझ गर्नसक्ने प्रतिवद्धता लिएर आएका छौँ । जे सक्छौँ त्यो गर्छौँ, जे बोल्छौँ, त्यो गर्छौँ । आज हामी गठबन्धन चुनावी घरदैलोको क्रममा छौँ । घरदैलो अभियान एकदमै उत्साहपूर्वक छ ।
कार्यकर्ता र जनसमुदायले आगामी जितको लागि स्वागत गरिरहनुभएको छ । हाम्रो एजेण्डामा राम्रो प्रतिक्रिया दिइरहनुभएको छ ।
गबठन्धनका कारण हामी आफ्नो जित निश्चित भएको महसुस गरिरहेका छौँ । हामी आगामी ४ गतेको चुनावी प्रक्रिया मात्रै पर्खिएर बसेका छौँ ।’ चुनावी घरदैलो कार्यक्रममा जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्