बारा ४ मा स्वतन्त्र उम्मेदवार वाग्लेको जनमत बलियो बन्दै
गठबन्धनको भागबण्डाका कारण कांग्रेस बारा क्षेत्र नं ४ मा उम्मेदवारविहिन अवस्थामा छ । गठबन्धन भएपनि बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा पराजय भोगेको थियो ।
सिमरा – बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इच्छाबहादुर वाग्लेको पक्षमा बलियो जनमत देखिन थालेको छ । स्वतन्त्र उम्मेदवारी दर्तासंगै चुनावी अभियान अघि बढाएका वाग्लेको पक्षमा जनमत बढ्न थालेको हो ।
गठबन्धनको कारण यस निर्वाचन क्षेत्र एकिकृत समाजवादीको भागमा परेपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसका नेता वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसले जित्न सक्ने निर्वाचन क्षेत्रमा कांग्रेस कार्यकर्ताको भावना विपरित जनाधार नै नभएको पार्टीलाई टिकट दिएको र कांग्रेसलाई उम्मेदवारविहिन बनाएको भन्दै वाग्लेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
गठबन्धनको भागबण्डाका कारण कांग्रेस बारा क्षेत्र नं ४ मा उम्मेदवारविहिन अवस्थामा छ । गठबन्धन भएपनि बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा पराजय भोगेको थियो । गठबन्धनका उम्मेदवार राजन पौडेलले नगर प्रमुख पदमा जित्दै गर्दा उपप्रमुख पदमा कांग्रेस उम्मेदवार मेघा शाही पराजित भएपछि कांग्रेस नेताकायर्कर्ता असन्तुष्ट छन् ।
बलियो जनमत रहेपनि कांग्रेसले पछिल्लो दुई स्थानीय निर्वाचनमा उत्साहजनक नतिजा ल्याउन सकेको छैन् । २०७४ सालको स्थानीय निर्वाचनमा जीतपुरसिमरामा पाँच वटा वडा जितेको कांग्रेसले २०७९ को निर्वाचनमा पनि उस्तै नतिजा दोहोर्याएको छ । २०७४ सालको निर्वाचनमा एक्लै लडेको कांग्रेस यसपटक भने गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो ।
तर निर्वाचनको नतिजा भने कांग्रेसको पक्षमा आउन सकेन । गठबन्धनका एउटा उम्मेदवार जित्दै गर्दा अर्को उम्मेदवार पराजित हुनु कांग्रेसको लागि सुखद् नरहेको कांग्रेसकै कार्यकर्ताले बताउछन् । स्थानीय निर्वाचनमा प्राप्त नजिताकै आधारमा कांग्रेसलाई कमजोर आकलन गर्दै यसपटक बारा क्षेत्र नं ४ मा उम्मेदवारविहिन अवस्थामा कांग्रेस पुगेको हो ।
प्रतिनिधिसभामा कमजोर जनमत रहेको एकिकृत समाजवादीले टिकट पाँउदै गर्दा कांग्रेसले प्रदेशसभामा समेत टिकट प्राप्त गर्न सकेन । स्थानीय निर्वाचनको नजितालाई आधार बनाएर प्रदेशसभा ४९१० मा यसपटक नेकपा माओवादी केन्द्रले टिकट प्राप्त गर्यो । तर ४९१० मा माओवादी भन्दा बलियो जनमत रहेको कांग्रेस उम्मेदवारविहिन हुन पुग्यो । जसका कारण कांग्रेस कार्यकर्ता दुखित् देखिएका छन् ।
अन्य राजनीतिक दलका कार्यकर्तालाई चुनावी माहोलले उत्साह प्रदान गरिरहदा कांग्रेस कार्यकर्ता भने यतिबेला निराश छन् । कांग्रेसकै सहयोग लिएर कांग्रेसकै अस्वित्व समाप्त पार्ने र अन्य पार्टी हावी हुने गतिविधि बढेको चर्चा सुरु भएको छ । कांग्रेसलाई प्रयोग गरेर अन्य पार्टी बलियो हुने र कांग्रेसको जनमत कमजोर बनाउने षडयन्त्र भएको भन्दै कांग्रेसका कार्यकर्ता रुष्ट देखिएका छन् ।
उक्त असन्तुष्टीकै कारण कांग्रेस कार्यकर्ताको चाहनाअनुसार वाग्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनको स्वतन्त्र अभियानलाई पछिल्लो समय कांग्रेस कार्यकर्ताले खुलेरै सहयोग गर्न थालेका छन् ।
लामो समय नेपाली कांग्रेसको जीतपुरसिमरा नगर कमिटीको सचिव भएर काम गरेका सुशिल ढोडारी यतिबेला वाग्लेको स्वतन्त्र अभियानसंग जोडिएका छन् । कांग्रेसको अस्वित्व समाप्त पार्ने गरी भएको निर्णयविरुद्ध स्वतन्त्र अभियानलाई अघि बढाएको ढोडारीले बताए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्