वीरगञ्ज - मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारका लागि पर्सा क्षेत्र नम्बर २ मा जसपा–एमाल गठबन्धनलकोे उम्मेदवार सहितको घरदैलो कार्यक्रम तीव्रगतिमा अघि बढाएको छ ।यसले जसपा–एमाल गठबन्धनलप्रति बढ्दो जनलहर देखिएको छ ।
जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मी र क्षेत्र २ को (ख) का उम्मेदवार हरेराम पटेल सहित नेता कार्यकर्ताले वडावडामा घरदैलो गर्ने क्षेत्रीयस्तरीय कार्यक्रम वीरगञ्ज १७ नम्वर (अलौं) वडामा सम्पन्न भएको छ । घरदैलोमा उम्मेदवारहरु छाता र सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।
क्षेत्रको विकशको लागि जसपा–एमाले गठबन्धन आवश्कयता रहेको प्रतिनिधी सभाका साझा उम्मेदवार कुर्मीले बताए । उनले घरदैलो अभियानका क्रममा जसपा–एमाल गठबन्धनलप्रति मतदाताको उत्साह देखिएको उम्मेदवार कुर्मीले बताए ।
‘हामीले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिनेछौं । मतदाताको घरघरमा पुग्ने र भेटघाट गर्ने कार्यक्रम निरन्तर रहन्छ’ उनले भने ‘अहिलेसम्म हाम्रो जसपा–एमाल गठबन्धनलका उम्मेदवारहरूप्रति मतदाताको धेरै उत्साह देखिएको छ ।’
उनले घरघरमा आएर झुटा कुरा गर्ने, भ्रम फैलाउने र आश्वासनमात्रै दिने उम्मेदवारलाई भन्दा आफूहरूसँगै रहेर आफ्नो क्षेत्रको विकासको कामलाई पनि अघि बढाउने उम्मेदवारलाई मत दिन अपिल गरेको बताए ।
जसपा–एमाल गठबन्धनका उम्मेदवारहरूप्रति एकप्रकारको उत्साह पाएको उम्मेदवार कुर्मीले बताए । चुनावी घरदैलो कार्यक्रममा एमालेका मधेश प्रदेश सदस्य बिना शर्मा, अखिल नेपाल महिला संघ पर्साका अध्यक्ष इन्दु घिमिरे लगायत हजारौ जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्