वीरगञ्ज - जसपा एमालेको संयुक्त घरदैलो कार्यक्रम आज बिहान वीरगंज १४ पिपरा टोलमा सम्पन्न भएको छ । घरदैलोमा प्रतिनिधि सभाका उम्मेदवार प्रदिप यादव र प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले छाता र सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलोमा भेटघाट गर्दै उम्मेदवारद्वव प्रदिय यादव र बिचारी यादवले पर्सा जिल्लालाई नमुना जिल्ला बनाउन तथा बिकाश ,सुशासन र भ्रष्टाचार अन्त्यका लागि आफुहरुलाई बिजयी गराउन आग्रह गरेका थिए ।
बिचारी र प्रदिप यादवको तुलनामा अन्य उम्मेदवार नभएको भन्दै मतदाताले पुनः प्रदिप र बिचारी यादवलाई बिजयी गराउने प्रतिवद्धता जनाएका थिए । दुवै नेता बिकाश प्रेमी भएकोले दुवैको जित सुनिश्चित रहेको भन्दै मतदाताले यादवद्ववलाई आर्शिवाद समेत दिएका थिए ।
घरदैलोमा एमालेका पर्सा ईन्र्चाज प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा,सल्लाहकार विश्वम्भर शर्मा, पुर्व मेयर बिजय सरावगी,पुर्व वडा अध्यक्ष भरत कुर्मी, एमालेका युवा नेता शिवजि गुप्ता, ओमप्रकाश गुप्ता, अकलेश साह,श्याम रौनियार,जसपाका युवा नेता ईश्वर यादव, कुन्दन कुर्मी लगायत हजरौंको उपस्थिती थियो । घरदैलो कार्यक्रममा नेताहरु जसपा एमाले गठबन्धन जिन्दावाद, छाता सुर्या जिन्दावाद लगातका नारा लगाएका थिए ।
घरदैलो ठुलो पिपरा गाँउ परिक्रमा गरि मेनरोड स्थित पिपरा चौकमा आएर समापन भएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्