एमालेका युवाहरु कांग्रेसमा प्रवेश

पुर्व मन्त्री विमल श्रीवास्तवका स्वकीय सचिव चन्दन मिश्रा, रन्जन मिश्रा, सन्नी गुप्ता, सुरेन्द्र यादव, सन्तोष गुप्ता, विशाल पाण्डे गरि दर्जनौ नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

सम्वादाता | २०७९ कार्तिक २१ गते १७: ५५ मा प्रकाशित

वीरगन्ज – नेकपा एमाले र लोसपाका प्रभावशाली युवा नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलको पहलमा एमालेका प्रभावशाली युवा नेताहरुको समुह काँग्रेसमा प्रवेश गरेको हो ।

सोमबार वीरगन्जको राधेमाईमा आयोजित एक कार्यक्रममा एमालेका युवा नेता एंव पुर्व मन्त्री विमल श्रीवास्तवका स्वकीय सचिव चन्दन मिश्रा, रन्जन मिश्रा, सन्नी गुप्ता, सुरेन्द्र यादव, सन्तोष गुप्ता, विशाल पाण्डे गरि दर्जनौ नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार पटेलले अबीर टिका र टोपी लगाइ दिएर काँग्रेसमा स्वागत गरेका थिए ।

उनिहरुलाइ पार्टीमा स्वागत गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले काँग्रेस प्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको र यसले चुनावमा काँग्रेसको जितलाई सुनिश्चित बनाइरहेको भन्दै खुशी व्यक्त गरे ।

उनले काँग्रेस प्रति आम जनताको भरोसा र आशा रहेको भन्दै मुलुकको समृद्धि काँग्रेसबाटै सम्भव रहेको पनि बताए । कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह, काँग्रेसका क्षेत्रीय सचिव रन्जित पटेल लगायतको पनि उपस्थिति थियो

 

प्रतिक्रिया दिनुहोस्