वीरगन्ज– पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका छन् । अपराध मुक्त र भ्रष्टाचार मुक्त अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका हुन् ।
सोमवार बिहान वीरगंज महानगरपालिका वडा नम्बर १८ र २२ का वडावासीहरुले स्वतन्त्र उम्मेदवारी दिनु भएका पटेललाई टिका माला लगाई भब्य रुपले स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई देख्नासाथ आफ्नो नेताको आगमन भएको भन्दै महानगरको भवानीपुर, ईनर्वा तथा मनियारीका स्थानीयहरुले फुलको माला र टिका लगाई भव्य रुपले स्वागत गरेका थिए ।
पटेललाई आफ्नो क्षेत्रमा स्वागत गर्दै वडा भित्र घरदैलोमा समेत स्थानियले सहभागिता जनाएका थिए । मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा सँगै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् ।
वडा नम्बर २२ का मतदाताहरुका अनुसार आफुहरु यसपाली हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्