वीरगञ्ज - जसपा–एमाल गठबन्धनले पर्सा क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्रता दिएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि जसपा–एमालले पर्सागढी नगरपालिकाको वडा नम्बर ३ र ५ मा घरदैलो कार्यक्रम गरेको हो ।
उक्त घरदैलो कार्यक्रमलाई स्थानीय बासीले समेत साथ र समर्थन दिन थालेपछि जसपा–एमालको पक्षमा जनलहर बढेको हो । घरदैलो कार्यक्रममा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मी र क्षेत्र २ को (क) का उम्मेदवार रामनरेश यादवलाई माला र खादा ओढाएर अग्रीम विजयको शुभकामना व्यक्त गरेका छन् ।
कुर्मीले जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिँदै आएकाहरु भएकाले यसपालि आफुहरुले जसपाका उम्मेदवारलाई मत दिने उनीहरुको भनाई रहेको थियो । स्थानीय जनताले यसपाली जसपा–एमाले गठबन्धनका उम्मेदवार उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् ।
घरदैलो अभियान पर्सागढी नगरपालिकाको टोल–टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको प्रतिनिधी सभाका साझा उम्मेदवार कुर्मीले बताउनु भयो । भोट माग्दै उम्मेद्वारसहितको टोली नगरपालिकाको विभिन्न टोलमा पुगेको थियो ।
चुनावी घरदैलो कार्यक्रममा जसपाका जिल्ला सचिव तबरेज अहमदका साथै जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्