वीरगञ्ज - पर्सा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी र नेकपा एमाले बीच भएको गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मीको घरदैलोले तिव्रता लिएको छ । आज क्षेत्र नं. २ अन्तर्गत पर्ने वडा नं. १० मा कुर्मीले घरदैलो गर्नुको साथै ¥याली पनि निकालेका थिए ।
घरदैलो र ¥यालीमा जसपा र एमालेका कार्यकर्ता बाहेक स्थानीय र काँग्रेसका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । लामो समयदेखि शोषणमा परेका जनताको वकालत गर्दै आएका कुर्मीले पछिल्लो समय उक्त क्षेत्रका जनता र सरिसवा (श्रीर्सिया) सरसफाई अभिन्यताका रुपमा राम्रै कार्य गरेको पनि त्यहाँका वासिन्दाहरु बताउँछन् ।
घडिअर्वा टोलमा मत माग्न आएका कुर्मीलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिएको दृष्य पनि त्यहाँ हेर्न पाइएको जसपाका कार्यकर्ताले सुनाए ।
त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै उक्त क्षेत्रको परिक्रमा गरेका थिए । कुर्मीले जनताको माझमा रहेर राजनीति गर्ने नेता भएको तथा दुखसुखमा साथ दिँदै आएकाहरु भएकाले यसपालि आफुहरुले जसपाका उम्मेदवारलाई मत दिने उनीहरुको भनाई रहेको थियो ।
उनका प्रतिद्वन्द्वी अजय चौरसियालाई यस भेगका जनताहरुले कुनै हालतमा पनि विश्वास नगर्ने पनि बताए । उहाँ (चौरसिया) आफ्नो क्षेत्र नं. ३ मा जितेर पनि केहि विकास नगरेको र यसपटक उनी उक्त क्षेत्रबाट भागेर २ क्षेत्रमा लडेपनि उनीको पराजय निश्चित भएको पनि स्थानीय वासिन्दाहरुले प्रतिक्रिया दिए ।
मतदातासँगको भेटघाटमा दुवै उम्मेदवारले मधेस र देशका लागि जसपा–एमाले गठबन्धनलाई मत दिएर विजयी बनाउन आग्रह गरे । प्रतिनिधिसभा सदस्य उम्मेदवार कुर्मीले आफू पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएकाले अरु जस्तो झुठा आश्वासन नबाड्ने बरु जनताले अवसर दिए क्षेत्र र जनताका लागि उदाहरणीय काम गरेर देखाउने वाचा गरे ।
चुनावी घरदैलो कार्यक्रममा वीरगन्ज १० का वडा अध्यक्ष सुशील साह कानु, एमालेका पर्सा इन्चार्ज प्रभु हजरा, एमालेबाट वडा अध्यक्षका प्रत्याशी अजय कुमार गुप्ताका साथै जसपा र एमालेका नेता कार्यकर्ताको सहभागीता थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्