दार्चुला – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उहाँ केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै हुनुहुन्छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै हुनुहुन्छ । बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन ओली हिजै धनगढी पुग्नुभएको छ ।
अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने कार्यक्रम छ । उहाँले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ । यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्