वीरगन्ज– स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले सत्तारुढ गठबन्धनका उम्मेदवार रमेश कुर्मीलाई कडा टक्कर दिएका छन् । लालटेन छाप लिएर पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका सिंहले पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) का निवर्तमान प्रदेश सांसद कुर्मीलाई कडा चुनौती पेश गरेका छन् ।
२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट संविधान सभा सदस्य बनेका कुर्मी २०७४ को चुनावमा तत्कालिन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त उम्मेदवार भई प्रदेश सांसद भएका थिए । बिना कमिशन योजना नदिने र सांसद भएपछि जनताबाट टाढा बस्ने गरेको आरोप कुर्मीमाथि लाग्ने गरेको छ ।
कुर्मी हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका छन् । ५ दलीय सत्ता गठबन्धनमा लोसपा गएपछि कुर्मीले पर्सा क्षेत्र नम्बर २ (ख)को सिट पाएका हुन् । त्यस क्षेत्रका जनताले कुर्मीको विकल्प खोजीरहेको बेलामा युवा समाजसेवी रुपेशमान सिंहले स्वतन्त्र उम्मेदवारी दिएपछि मतदातामा उनी प्रति आकर्षित भएका छन् । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका भतिजा रुपेशमानलाई एमाले जसपा गठबन्धनबाट टिकट नपाएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवार दिएका हुन् ।
विगत लामो समयदेखि जनताको साथमा रहि विभिन्न समाजसेवामा सक्रिय रहेका सिंहको उम्मेदवारीले मतदाता समेत उत्साहित भएको पाइएको छ । वीरगन्जको वडा नम्बर १, ३, ६, ९, १०, १७, १९, २४, २५, २६ र बहुदरमाई नगरपालिका वडा नम्बर २ पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत रहेका छन् । कूल ११ वटा वडा रहेको यस क्षेत्रमा वीरगन्ज महानगरका १० वटा र बहुदरमाई नगरपालिकाको एक वटा वडा रहेको छ । जसमध्ये जसपाले ४ वटा, कांग्रेसले ४ वटा, एमालेले २ वटा र लोसपाले १ वटा वडा जितेको छ । त्यसमध्ये पनि वीरगन्ज १९ मा कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन् भने बाँकी चारवटा नसस जसपाका विजयी भएका छन् ।
पर्सा क्षेत्र नम्बर २ (ख)मा जसपाको उम्मेदवार नहुनु र ११ मध्ये १० वटा वडा महानगरमा पर्नाले लालटेन छाप प्रति जनताको क्रेज बढ्दो छ । पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले आफ्नो जितको आधार मतदाताले देखाएको सद्भाव र मायाँ भएको बताएका छन् । स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै स्वस्फूर्त रुपमा मतदाताहरु नै घरदैलो गरिरहेका छन् ।
यस अघि जितेर गएकाहरु फर्केर नआउने गरेको भन्दै अब दलीय उम्मेद्वारलाई नभई स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउने गरि आफूहरु घरघरमा पुगिरहेको भगवती टोलका उमेश साहले बताए । कुनै पनि पदमा नरहँदा पनि सिंह जनताकै सेवामा खटेकाले उनलाई जिताएर पठाए यस क्षेत्रको विकासका साथै दबिएका आबाज बुलन्द हुने जनताको विश्वास छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्