वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २५ श्रीसिया खाल्वा टोलामा बुधबार विहान जनता समाजवादी पार्टी र एमालेको संयुक्त घरदैलोमा जनताको व्यापक भीड देखिएको छ ।
पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार हरेराम पटेल, वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदी सहित सयौँको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।
जसपा एमालेका उम्मेदवारलाई जिताउन मतदाताहरु आफै सहभागी भएका थिए । विगत देखिनै सामाजिक कार्यमा लागेका समाजसेवी नेता सुरेन्द्र कुर्मीको पक्षमा व्यापक जनमत देखिएको छ ।
समाजमा उनले गरेको लगानीले नै पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिदा पनि जनताको माया र साथ कुर्मीले पाएका छन् । जनताको सुख दुखमा कुर्मीले सधै साथ दिँदै आएका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्