वीरगन्ज– जनयुद्ध कालदेखि नेकपा माओवादीसँग आवद्ध रहेका युवाहरुको एउटा ठूलो समूह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ का धर्मनाथ कुशवाहा र कृष्ण कुशवाहाको नेतृत्वमा दुई दर्जनभन्दा बढी युवाहरुलाई पूर्व मन्त्री तथा पर्सा क्षेत्र नम्बर एकका उम्मेदवार प्रदीप यादवले खादा र टिका लगाएर जसपामा स्वागत गरेका छन् ।
युवाहरुको प्रवेशले पार्टी थप शक्तिशाली भएको यादवले बताए । युवाहरुको प्रथम रोजाईमा जसपा पर्ने कुरा स्पष्ट भएको नेताहरुले बताएका छन् । संघीयता, सुशासन र न्यायको पक्षधर जसपा प्रति आकर्षण बढ्दै गएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्