वीरगन्ज– आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै पर्सा राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन । अहिले उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु यतिखेर विभिन्न चुनावी प्रतिवद्धता पत्र सहित आ आफना पक्षमा मत माग्न जनताको घरदैलोमा पुग्न थालेपछि पर्साको चुनावी माहौल यतिखेर पुरै तातेको छ । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट माओवादी केन्द्र संयुक्त गठबन्धनका पर्सा क्षेत्र नं ३ को प्रतिनिधि सभा सांसद उमेदवार पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी र प्रदेश सांसदका उम्मेदवार छोटेलाल यादवले पनि अहिले घरदैलो अभियानलाई तिव्र गतिमा अगाडि बढाएका छन् ।
प्रतिनिधि सभा पुर्व मन्त्री समेत रहेका सुरेन्द्र प्रसाद चौधरीले आफना निर्वाचन क्षेत्रको सखुवाप्रसौनी गाउँपालिकाको वडा ४ देउरवाना, सोलखपुर, ओझैया प्रसौनी, कल्याणपुर टोल वडा ३ को कौवावनमा घरदैलो गर्दै यस क्षेत्रलाई आफुले विकसित र समृद्ध बनाउने गरेको परिकल्पनालाई पुरा गर्न आफुलाई पुन एकचोटी विजयी गराउन आम मतदाताहरुसँग आग्रह गरेका छन् ।
यसअघि आफु यसै क्षेत्रबाट जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार निर्माण लगाएत सबै क्षेत्रमा जनताको मन जित्ने गरी विकास निर्माणको काम गरेको र अझै थुप्रै कामहरु गर्न बाँकी रहेकोले बाँकी काम पुरा गर्न आफना पक्षमा एकपटक फेरी मतदान गरी आफुलाई विजयी बनाउनुपर्ने पुर्व मन्त्री चौधरीले धारणा राखे ।
समृद्ध क्षेत्र बनाउन बाँकी रहेका योजनाहरुलाई पुरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन । आफु निर्वाचित भएमा क्षेत्रका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने उनले बताए ।
आफुले मन्त्रीमा रहेका बेला गरेको कामलाई हेरेर आम जनताको आफुप्रति ठुलो साथ र सहयोग रहेकोले आउँदो निर्वाचनमा आफनो जित कसैले रोक्न नसक्ने उनले दावी गरे । आफनो जित फेरी निश्चित नै हुने भएकोले निर्धक्क भई आफना पक्षमा मतदान गरी आफुलाई निर्वाचित गराउन पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी प्रतिनिधि सभा र प्रदेश सभा उमेदवार छोटेलाल लाई मतदान गर्न आग्रह गरे ।
संघियता, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागी नेपाली काङ्ग्रेस र माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन उनले सबैलाई आग्रह गरे । कार्यक्रमलाई तिव्रता दिएसंगै उहाँप्रति मतदाताहरू निकै आर्कषित भएका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्