वीरगन्ज – जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले मतदातासँग भेटघाट गरेको छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का मतदातासँग भेटघाट गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले छठ पर्वको शुभकामना पनि दिएका छन् ।
निर्वाचन नजिकिदै गए सँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् ।
जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पिर–मर्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् ।
निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । वडा नम्बर ७ का मतदाताहरुले यादवको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
मतदातासँगको भेटघाटका क्रममा निवर्तमान सांसद यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मोहमद लालबाबु राउत गद्दी, नेकपा एमालेका नेता नवराज शर्मा, पूर्व वडा अध्यक्ष वसन्त भक्कडलगायत नेकपा एमाले र जसपाका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्