वीरगञ्ज - आउंदो मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलले आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन् ।
अर्थ टेलिभिजनद्वारा सञ्चालित एक कार्यक्रममा बोल्दै उनले जनताका हकहितका विषयमा लागि विभिन्न क्षेत्रमा आफूले आवाज उठाएको बताउंदै चुनावको मुखमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा लिएर आएको भएपनि ती एजेण्डाहरु जनतालाई झुक्याउनका लागि मात्र भएको अभिव्यक्ति दिएका छन् ।
चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर मतदाता अगाडी आउने जनप्रतिनीधिहरु चुनाव सके लगत्तै सबथोक विर्सने परम्परा औंल्याउदै आफूले आफ्नो एजेण्डाको प्रचार गर्नुभन्दा देश, समाज र आफ्नो क्ष्ँेत्रको विकासका लागि गर्नुपर्ने अवश्यक कार्यहरुलाई निरन्तरता दिने बताए । दलिय गठबन्धन जनतालाई मूर्ख बनाउन मात्र भएको उनले कटाक्ष्ँ् गरे ।
यस क्षेत्रका जनताहरुले के–कस्ता समस्या भोगिरहेका छन् भन्ने प्रश्नको जवाफमा किसानहरुलाई मलको समस्या, शैक्षिक क्षेत्रको हकमा सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्षाको अभाव, निजी विद्यालयहरुमा शुल्कको समस्या, सरकारी अस्पतालहरुमा गुणस्तरीय उपचारको अभाव र निजीमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता, बाटोघाटोको समस्याका साथै देशमा रहेको जनशक्ति रोजगारीको अभावमा विदेश पलायन भई उतातिर उपलब्धीमुलक हुनुपर्ने बाध्यता औंल्याउंदै यस्ता समस्याको समाधानका लागि आफूले काम गर्ने सुधिर पटेलको भनाईं रहेको छ ।
एक अर्को प्रश्नको जवाफ दिंदै पटेलले विगतका दिनहरुमा आफूले पार्टीगत राजनीति गरेको र त्यस दौरान जनताका आवाजलाई विभिन्न माध्यमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा कैयाै पटक थुना पर्नुका साथै अस्पताल समेतमा भर्ना भएको बताउंदै मधेश आन्दोलन पश्चात मधेशको राजधानी वीरगञ्ज हुनुपर्ने भन्दै आफूलेनै पहिलो आन्दोलन गरेको स्मरण गराए ।
आफूले जनताका लागि गरेका कार्यको मूल्यांकन गर्दै जनताले यसपाली आफूलाई विश्वास गरेको बताउंदै उनले आफ्नो जीत निश्चित भएको दावी गरे ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्