वीरगन्ज – पर्सा क्षेत्र नम्बर १ का जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले पर्साको ४ वटै निर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धन विजयी हुने दाबी गरेका छन् ।
पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एवम् जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् ।
जसपा–एमाले गठबन्धन देशको अपरिहार्यता र आवश्यकता भएको भन्दै यादवले काँग्रेस र माओवादी केन्द्रको जसपालाई सिध्याउने चक्रव्युह तोडन जसपा–एमाले सफल भएको बताए । यादवले जसपाको अस्तित्वलाई सिध्याउन खोज्ने काँग्रेस र माओवादीको षडयन्त्र र चक्रब्युह विफल पार्नका लागि नै जसपाले एमालेसँग चुनावी गठबन्धन गर्नु परेको स्पष्ट पारे ।
उनले भने, ‘सत्तागठबन्धनमा रहदा काँग्रेस र माओवादीले थोरै सिट दिएर चुनावमा जसपाले थ्रेसहोल्ड पनि नकटाओस्, राष्ट्रिय दल बन्नबाट पनि बन्चित गराएर जसपालाई सिध्याउने षडयन्त्र गरेका थिए, तर जसपा अध्यक्ष उपेन्द्र यादवले समय छदै ती दुइ दलको षडयन्त्र थाहा पाएर एमालेसंग चुनावी गठबन्धन गर्नु भयो ।’
सत्तागठबन्धनले जसपालाई ११ सिट भन्दा बढि दिनै नमानेको स्मरण गराउदै यादवले त्यहि कारण दुरगामी सोच र सुझबुझ भएका अध्यक्ष उपेन्द्र यादवले एमालेसंग गठबन्धन गरेको बताए ।
यादवले विगतका तिता मिठा अनुभवलाई बिर्सिएर जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई इमान्दारिताका साथ सहयोग गर्न दुवै दलका नेता कार्यकर्तालाई अपिल पनि गरे । यादवले भने ,‘ यदि थोरै पनि चुक भयो भने पार्टीलाई त्यो सह्य हुदैन ।
जसपा र एमालेका क्षेत्रीय अध्यक्षद्वयको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, पर्सा(३ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार राज कुमार गुप्ता, प्रदेशसभा सदस्य उम्मेदवारद्वय डाक्टर मधु गुप्ता र अब्दुल रहिम अन्सारी, जसपाका राजनीतिक समिति सदस्य हरिनारायण रौनीयार लगायतको सहभागीता थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्