वीरगन्ज – जनता समाजवादी पार्टी (जसपा) र एमाले गठबन्धनले बुधबार पर्साको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाटाडीमा घरदैलो कार्यक्रम गरेको छ ।
बुधबार विहान प्रतिनिधी सभाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार रामनरेश यादवले वडा नम्बर ४ को भेडाहा, सबैया, टाडी, प्रशुरामपुर, सानो प्रशुरामपुर, बकनेरवा, बर्वाटाडी, छटैली हरदासपुर र धनुका हरदासपुर लगायतका टोलहरुमा घरदैलौ कार्यक्रम गरेका थिए ।
जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार कुर्मी र यादव घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा प्रतिनिसभा का उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार यादवलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए ।
नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा एमाले नेता शिव पटेल, जिल्ला सचीव तबरेज अहमद नगर सदस्य, हरि घिमिरे, प्रेम पहाडी र जसपा क्षेत्रीय उपाध्यक्ष मुमताज आलम लगायतको उपस्थिति रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्