वीरगन्ज – डिउटीमा खटिएका प्रहरीकै अगाडि मंगलबार साँझ करिब ८ बजेको समयमा वीरगन्जको माईस्थान चोकमा ग्याङ्ग फाईट भएको छ । दुई पक्षबीच हेल्मेट हानाहान हुँदा प्रहरी मुकदर्शक बनेका थिए । माइस्थान चोकमा रहेको माई फेसन नामक कपडा पसलमा मंगलबार साँझ करिब साढे ७ बजेको समयमा दुई जना युवक आएर सेतो टिसर्ट देखाउन माग गरेका थिए ।
पसलका कामदारले सेतो टिसर्ट हाल सकिएको जवाफ दिएका थिए । कपडा खरिद गर्न आएका दुबै जना युवकले मदिरा सेवन गरेका थिए । त्यस मध्ये एकजनाले यति ठूलो पसलमा सेतो टिसर्ट किन नराखेको भन्दै कामदार माथि जंगिएका थिए ।
‘जाबो एउटा सेतो टिसर्ट पनि राखेका छैनाँै,’ ती युवकको भनाई उद्धृत गर्दै कामदारले भने, ‘तिमी मलाई चिन्दैनौँ म को हुँ ?’ त्यसपछि कपडा खरिद गर्न आएका ती युवकले वीरगन्ज वडा नम्बर ३ प्रगतिनगर र छपकैयाका आफ्ना साथीहरुलाई माईस्थानमा फोन गरि बोलाएका थिए । कपडा पसलका साहु पनि वीरगन्जकै भएकाले उनले पनि आफ्ना केही सहयोगीहरु तत्काल जम्मा गरे ।
माईस्थान चोकमा जिल्ला प्रहरी कार्यालय पर्साले २४ औँ घन्टा सुरक्षाकर्मी परिचालन गर्दै आएको छ । करिब ८ बजे दुबै पक्षका युवाहरु पसल अगाडि जम्मा भएका थिए । दुबै पक्षबीच कुरा हुँदा हुदै कपडा खरिद गर्न आएका युवाका पक्षधरहरुले हेल्मेट हिर्काउन थाले । एकछिनमै माईस्थान चोक रणभूमिमा परिणत भएको थियो ।
चाडपर्वको समयमा परिवार सहित बजार निस्किएका सर्वसाधारण त्रसित बनेका थिए । चोकमा तैनाथ प्रहरी तत्काल सिटी फुक्दै ग्याङ्ग फाईट नियन्त्रण गर्न आएपनि असफल भएका थिए । डिउटीमा रहेका २ जना प्रहरी मुकदर्शक बनेका थिए । प्रगतिनगर र छपकैयाबाट आएका युवाहरुले धमाधम हेल्मेट हिर्काएका थिए । उनीहरुको अश्लील गालीले सर्वसाधारण लज्जित बनेका थिए ।
ग्याङ्ग फाईट भएको करिब १५ मिनेट पछि आदर्शनगर स्वीमिङ्ग स्थित एस टी एफ प्रहरीका सई गाडी लिएर माईस्थान पुगेका थिए । प्रहरी गाडी मै बसेर उनले एकजना जवान मार्फत घटना विवरण बुझेर फर्किए । जबकि प्रगतिनगरबाट आएका युवाहरु उनकै क्षेत्रका थिए । त्यसपछि जिल्लाबाट आएको प्रहरी टोलीले भीडलाई तितरबितर पारेको थियो ।
मंगलबार साँझ कपडा पसल अगाडि कुटपिट गर्ने युवा समूहले ४ दिन अगाडि आदर्शनगर रुगंटा मार्केट स्थित माल्ट रेस्टुरेन्टमा समेत कुटपिट गरेका थिए । ती युवाको जमातले हप्तै पिच्छे आदर्शनगर, माईस्थान लगायतका क्षेत्रमा कुटपिट गरिरहँदा प्रहरी प्रशासन भने उनीहरुकै सहयोगीको रुपमा देखा परेको छ । प्रहरीले सहयोग गर्दा ती युवा जमातको मनोबल उच्च बनेको छ ।
राजनीतिक संरक्षण पाएका ती युवा जमातको हर्कत प्रति प्रहरी प्रशासन पनि मौन बस्दा वीरगन्जवासी चकित बनेका छन् । आफूलाई असुरक्षित महशुष गरेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्