वीरगन्ज– पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार लक्ष्मणलाल कर्णले आफ्नो पहलमा वीगन्जमा उच्च अदालतको अस्थायी इजलाश स्थापना भएको दाबी गरेका छन् ।
मंगलबार वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपा नेता कर्णले वीरगन्जमा इजलाशको स्थापना गराएर पर्सा मात्र नभई वारा र रौतहटका जनतालाई पनि न्यायमा पहुँचको सहजता दिलाएको कर्णले दाबी गरेका छन् ।
कर्ण सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा कर्ण पर्साको क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । पाटन उच्च अदालतपछि सबै भन्दा बढी मुद्दा वीरगञ्जको उच्च अदालतमा रहेकोले यस अदालतको महत्व मुद्दाको चापले देखाएको बताउदै वीरगन्जमा अस्थायी इजलास ल्याउन आफ्नो महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
केन्द्रीय राजनीति गर्ने मान्छेले देशको कुनै पनि क्षेत्रमा गएर निर्वाचन लड्न सक्ने हुनुपर्ने कर्णले बताए । कर्णले लोकतन्त्रमा सबैलाई चुनावमा उठ्ने अधिकार भएकोले सबैले चुनाव लडन पाउने बताए ।
आफू जित्नको लागि उठेकोले जितेर देखाउने ठोकुवा पनि गरे। कार्यक्रममा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका शंकर कुमार कर्णले आफ्नो उम्मेदवारी निष्क्रिय पारी लक्ष्मण लाल कर्णलाई समर्थन गरेको घोषणा गरेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्