वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौँको जुवाखालबाट प्रहरीले चारजनालाई नगद रपैयाँ सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले कौडा खेलीरहेका चारजनालाई एक लाख १८ हजार रुपैयाँ सहित सोमबार राति पक्राउ गरेको प्रहरी प्रवक्ता दिपक गिरीले बताए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा अलौ निवासी २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया रहेका छन् । कौडा खेलीरहेको विशेष सूचना आएपछि सोमबार राति पौने १२ बजेको समयमा प्रहरी टोली अलौँ पुगेको थियो । कौडा खेलीरहेका ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्