वीरगन्ज– निर्वाचन आचार संहिता अनुगमन समिती पर्साले क्षेत्र नम्बर ३ र ४ मा मापदण्ड विपरित राखिएका उम्मेदवारहरूको तस्बिर अंकित बोर्ड, बैनर, झण्डा लगायतका प्रचार सामग्री हटाएको छ । क्षेत्र नम्बर ३ को बहुअर्वा, पोखरिया, झौवा तथा क्षेत्र ४ अन्तर्गत लंगडी, जानकीटोल, भिष्वा लगायतका चौकमा आचार संहिता विपरित राखिएको प्रचार सामग्री हटाईएको आचार संहिता अनुगमन अधिकृत रूद्र कार्कीले जानकारी दिनु भयो । कार्कीको नेतृत्वमा नेपाल प्रहरी ,शसस्त्र प्रहरी सहितको टोलीले अनुगमनको क्रममा निर्वाचन संहिता विपरितका चुनावी विज्ञापनलाई हटाएको हो । पहिलो चरणमा निर्वाचन आयोगले जारी गरेको प्रचार मापदण्डको अवहेलना गर्दै उम्मेदवारहरूले लगाएका बैनर , होर्डिङ बोर्ड , बैनर , पम्पलेट हटाउने र पछि फरि लगाईएको पाईएमा आयोगको निर्देशिका अनुसार कार्यवाही गर्ने अनुगमन अधिकृत रूद्र कार्कीले बताए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्