वीरगञ्ज – नेपाल सुशासन पार्टीले पर्सा क्षेत्र नम्बर ३ को (ख) का उम्मेदवार गौरीशंकर साहलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । घरदैलो अभियानलाइ सम्बोधन गर्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार साहले आफ्नो पक्षमा जनलहर उर्लेको बताएका छन् ।
चुनावी अभियान अन्र्तगत जनताको घरदैलो कार्यक्रममा निस्किएका उनले आफ्नो पक्षमा उर्लिएको जनलहरले क्षेत्र नम्बर ३ को (ख) मा धेरै बलियो देखिएको दावी गरेका छन् ।
घरदैलो कार्यक्रममा आम जनताले गरेको मायाबाट आफू ज्यादै उत्साहित भएको साहले बताए । उनले आफु चुनाव तित्नेमा कुनै शंङ्का नभएको समेत दावी गरेका छन् ।
क्षेत्रवासीको चाहनालाई सम्मान गर्दै समृद्ध क्षेत्र नम्बर ३ को (ख) मा निर्माण गर्न आफु आतुर रहेको र आम जनताको सहभागितालाई जोडेर दिर्घकालिन योजना र दृष्टिकोण सहित विकास कार्य गर्ने उनले बताए ।
शिक्षा,स्वास्थ्य,सडक, ढल, खानेपानी व्यवस्थापनमा आफु योजनाबद्ध तरिकाले लाग्नेमा उनले जोड दिए । उनले क्षेत्र नम्बर ३ को (ख) लाई नेपालकै उदाहरणीय क्षेत्र बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।
स्थानीय जनताले यसपाली प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभामा “आमा छापका” उम्मेदवारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । पकहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरेमा आज बिहीवार आयोजित चुनावी घरदैलो अभियानमा हजारौको सहभागिता रहेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्