नेता गुप्ता प्रति जनलहर बढदै , नेपाली कांग्रेसका रामप्रसाद यादवसहित तिन सय जनाले गरे एमाले प्रवेश
प्रतिनिधीसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाइ तिब्रता दिएसंगै यो क्षेत्रमा एमाले प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।
वीरगन्ज -आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचन नजिकिदै जादा पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमाले प्रति जनलहर बढ्दै गएको छ ।
पर्सा क्षेत्र नं ३ मा एमालेका प्रतिनिधीसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाइ तिब्रता दिएसंगै यो क्षेत्रमा एमाले प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ ।
चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम कै बीच बुधबार पोखरिया नगरपालिकाको वडा नम्बर २ झाखारामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र लोसपा पार्टीका नेता सहित करिब तीन सय जना एमालेमा प्रवेश गरेका छन् ।
पोखरिया नगरपालिकाको वडा नं २ आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं ३ ९ख० प्रदेश कमिटीका उपाध्यक्ष रामप्रसाद यादव नेपाली कांग्रेस कै प्रभावशाली नेता शिव बचन प्रसाद यादव र लोसपाका नेता शिव पूजन साह गोढ सहित ३०० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ एमालेका केन्द्रिय सदस्य एवंम पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य समेत रहेका गुप्ताले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार गुप्ताले एमाले प्रतिको आकर्षण र जनलहर बढदै गएको बताए । जनताको सुख र ढुखमा साथ दिने र देश रक्षा एमाले नै गर्दै आएको र आगमी दिनमा पनि गर्ने भएकोले सुर्य छापमा आफ्नो मतदान गरी एमालेलाई विजय गराउन आग्रह गरे ।
पोखरिया नगरपालिकाको नगर कमिटी अध्यक्ष विधाचल ठाकुरको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रदेशसभा सदस्य ९क० का मंजूर अंसारी , पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष महमद निजाम, जगरनाथपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष अयोध्या पटेल , नेता विकास पाण्डेय , राजेश रौनियार , धीरज चौरसिया , कृष्णा कुशवाहा , धामु शर्मा , सुनिल कुशवाहा , सन्तोष गिरी , लक्ष्मी कुशवाहा , लगायतको पनि सहभागीता रहेको थियो।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्