वीरगञ्ज - एमाले जसपा गठनबन्धका उम्मेदवारहरुले आज पनि पर्सा क्षेत्र नम्बर १ (क) मा रोड शोलाई निरन्तरता दिएका छन । गठबन्धनका प्रतिनिधि सभाका सझा उम्मेदवार प्रदिप यादव र प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादवले संयुक्त रुपमा रोड शो गरेका हुन ।
बिहान १० बजे देखि वडा नम्बर ३१ चोर्नीबाट शुरु रोड शो वडा नम्बर ३२ को बेलवा गाँउ सम्म पुगेको थियो । सो अवसरमा
उहाँहरुले देशको आवश्यकता अनुसार नै गठबन्धन गरिएकोले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि बिजयी गराउन अपिल गरेका थिए । उहाँले जसपाको चुनवा चिन्ह छाता र एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरि दुवै उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गरेका थिए ।
रोड शोमा एमाले रजसपाका नेता कार्यकर्ताहरुको सहभागिता थियो । सो अवसरमा कार्यकर्ताहरुले एमाले जसपा गठबन्धन जिन्दावाद, बिचारी यादव जिन्दवाद, प्रदिप यादव जिन्दावादको नारा लगाएका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्