वीरगञ्ज – पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमाले र जसपाको संयुक्त भेला सम्पन भएको छ । मंगलवार जानकीटोलामा सम्पन क्षेत्रस्तरिय भेलामा बोल्दै बक्ताहरुले एमालेप्रतिको जनलहर प्रष्ट देखिएको र प्रतिनिधी सभामा जालिमको जित निस्चीत हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार जालिम मियांले नेपाली कांग्रेस संग क्षेत्रमा जितन सकने नेताको अभाव भएकोले आफ्नो जित सुनिश्चित रहेको बताउनु भयो । वितेको तिन निर्वचानमा लगातार पराजीत भएका रमेश रिजाललाई जनताको सहयोगमा चौथो पटक पनि हराउने दाबी गरे ।
चुनाव हार्दै आएपनि रिजालले कांग्रेस सरकार भएका बेला जनतालाई अनावश्यक झमेलामा पार्ने गरेको जालिम मियांको आरोप थियो । समान्य विवादमा पनि सरकारको धाकमा गाउ गाउंमा मुद्दा मामिला गराउने बाहेक क्षेत्रमा उनले गरेको विकाशको कुनै उदाहरण प्रस्तुत गर्न सक्ने स्थिती नरहेको जालिम मियांले बताए ।
कांग्रेसको शोषण र अत्याचारले त्रस्त जनता प्रतिनिधी तथा प्रदेश सभामा एमाले उम्मेदवारलाई जिताउन आतुर रहेको एमाले पर्साका अध्यक्ष एवं क्षेत्र ४ को क बाट विधायक उम्मेदवार जयप्रकाश थारुले बताए ।
कार्यक्रममा एमाले तथा जसपाका हजारौ कार्यकर्ताको सहागिता रहेको थियो । मन्च बाट नेताहरु गठबन्धनलाई एकताबद्ध बनाई आफनो उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्