वीरगञ्ज : पर्सा क्षेत्र नम्बर ३ को (ख) मा नेपाल सुशासन पार्टीको तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बन्नु भएका गौरीशंकर साहले आफुहरुको जित सुनिश्चित रहेको बताउनु भएको छ ।
पकहाँमैनपुर गाउँपालिका ३ र४ नम्बर वडामा आज मंगलवार आयोजित चुनावी घरदैलो अभियानलाइ सम्बोधन गर्दै उहाँले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताउनुभएको हो ।
साहले आफुहरुको जितसंगै क्षेत्रमा विकासको लहर ल्याउनले बताउनुभयो । आफुले विजयभए पश्चात हरगाउँ हरठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने बताउनुभयो ।
चुनावी अभियान अन्र्तगत पकहाँमैनपुर गाउँपालिका ३ र४ नम्बर वडाका बिभिन्न टालमा घरदैलो सम्पन्न भएको छ । हजारौको उपस्थितिमा भएको घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभाका उम्मेदवारलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा प्रतिनिधि सभाका उम्मेदवार राजकुमार यादवले पनि जनता समक्ष आफुहरुलाई आमा छापमा मतदान गरी विजयी गराइदिन आग्रह गर्नुभएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्