वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत एक कर्मचारीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान विभाग हेटौँडाको टोलीले नियन्त्रणमा लिएको छ । मुद्दा फाँटका कम्प्युटर अपरेटर सन्जय यादवलाई ५ हजार रुपैयाँ घुस सहित अख्तियारको टोलीले सोमबार अपराह्न नियन्त्रणमा लिएको हो । जग्गा फुकुवा गरिदिन घुस मागेको सेवाग्राहीको उजुरी अख्तियारमा परेपछि हेटौँडाको टोली प्रशासन कार्यालयमा आएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्रहरी दिवसको कार्यक्रम सकाएर कार्यालय पुग्दा प्रहरीले यादवलाई घेरा हालेका थिए । ‘सेवाग्राहीसँग घुस लिँदा लिँदै नियन्त्रणमा लिएको अख्तियारको टोलीले जनाएको छ,’ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता समेत रहेका पौडेलले भने, ‘हामी प्रहरी दिवसको कार्यक्रम सकेर यहाँ आउँदा प्रहरीले घेरा हालिसकेको थियो ।’ अख्तियारको टोली मुद्दा फाँटको अन्य कागजात समेत अध्ययन गरेको छ ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्