वीरगन्ज– पर्सा क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेद्वार प्रहलाद गुप्ता प्रति जनताको व्यापक सहानुभूति देखिन्छ । गुप्ताको चुनाव चिन्ह लालटेन छापमा मतदान गरि क्षेत्रमा परिवर्तन ल्याउन उत्साहित भएर मतदाता स्वस्फूर्त रूपमा उनको घरदैलो कार्यक्रममा जुटिरहेका छन ।
क्षेत्र अन्तर्गतको धोबनी, आसवारी, बसन्तपुर, फुलवरियामा भएका घरदैलोमा उल्लेखनीय सहभागिताले गुप्ता प्रति आकर्षण बढेको देखिन्छ । बीरगन्ज चिनी कारखानाको केमिष्ट समेत रहेर काम गरेका गुप्ता दुई पटक मुखिया समेत भईसकेका नेता हुन । क्षेत्र मै सबै भन्दा पुराना कम्युनिस्ट नेताको रूपमा परिचित गुप्ताको राम्रो जनाधार छ ।
घरदैलो कार्यक्रम गुप्ताले आफू निर्वाचित भएपछि ठेकेदारी होईन जनताको सेवा गर्ने बताउनु भयो । प्रदेश सभा सदस्यले क्षेत्रको भौतिक , शैक्षिक , स्वास्थ्य , सिचाई , प्राविधिक , आपदा प्रबन्ध जस्ता कार्य प्राथमिक्ताका साथ गर्नु पर्ने भएपनि यस क्षेत्रका प्रदेश सभा सदस्यले प्रदेश सरकारको योजना लिएर आफ्नो निर्माण कम्पनीको नाममा ठेक्का पट्टाको काम मात्र गरेको स्थानिय स्तरमा गुनासो छ ।
राजनिती पृष्ठभूमि भन्दा पनि ठेकेदार व्यक्तिले २०७४ को चुनावमा मधेश आन्दोलनको रापतापको फाईदा उठाउदै जिते तर पछिल्लो पाँच वर्षमा उनले गरेका काम प्रति जनताको चरम असंतुष्टी छ । निर्वाचन जितेपछि सिहासन कलवार गाउँ गाउंमा आफ्ना एजेण्टहरू बाहेक आमजनाको वास्ता नगरेकोले उनि प्रति मतदातामा निरासा छ ।
सिहांसन कलवारलाई गुप्ताले नै पराजित गर्न सकने भएकोले उनले जनसमर्थन पाईरहेका छन । क्षेत्र अन्तर्गतको छिपहरमाई, कालिकामाई , धोबिनी गाउपालिका तथा पोखरिया नगरपालिकाको वडा नम्बर ३ बसन्तपुर र पकहा मैनपुर गाउपालिकाको ५ सबैठवा गरि १७ वटै वडामा गुप्ता प्रतिको सहानुभूतिले स्वतन्त्र उम्मेद्वार कै लहर प्रष्ट देखिन्छ ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्