वीरगन्ज– नेकपा एमालेका पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका राजकुमार गुप्ताप्रति यूवादेखि वृद्धहरु सम्मको क्रेज बढ्दै गएको छ । आइतबार पर्साको गर्दौल, बहुअर्वा भाठा, प्रसौनी, हसवा, भेलाहा, हरिनगर लगायतका स्थानहरुमा भएको घरदैलो कार्यक्रममा यूवादेखि वृद्धसम्मले गुप्ता प्रति देखाएको सद्भाव, समर्थन, माया कारण उनको क्रेज बढ्दै गएको प्रष्ट देखिन्थ्यो । त्यति मात्र होईन मतदाताहरु गुप्तालाई निर्वाचित गराउन कम्मर कसेर पनि लागेका छन् । २०७० साल भएको दोस्रो संविधान सभाको निर्वाचनमा गुप्ता निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा पराजित भएपनि गुप्ताले निरन्तर आफ्नो क्षेत्र र जनताको साथ कहिल्यै छाडेनन् । केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको पालामा आफ्नो क्षेत्रको विकासका लागि अलग्गै बजेट गाउँसम्म पुर्याई विकासका कार्यलाई निरन्तरता दिएका थिए । गत स्थानीय निर्वाचनमा अहम भूमिका खेलेका नेता गुप्ताले पर्सामा दुई नगरपालिका र एक गाउँपालिकामा एमालेको झण्डा फहराउन सफल भएका थिए । सभ्य र सालिन स्वभावका गुप्ता आफ्ना कार्यकर्ता र क्षेत्रका मानिसहरु लागि अहोरात्र खट्ने व्यक्तित्व भएको पनि त्यस भेगका स्थानीयहरु बताउँछन् । घरदैलो कार्यक्रममा गुप्ताले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् । उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न आग्रह गरेका हुन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्