वीरगञ्ज - प्रदेश सभाका उम्मेदवार गौरिशंकर साहको पर्सा क्षेत्र नम्बर ३ को (ख)मा जनलहर बढ्दौ गएको छ । साहले पोखरिया नगरपालिका वडा नं. ९ बाट चुनावी घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
नेपाल सुशासन पार्टीले पर्सा क्षेत्र नम्बर ३ को (ख) का उम्मेदवार साहलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको हो । पर्सा क्षेत्र नम्बर ३ को उम्मेदवार राजकुमार यादव रं क्षेत्र नम्बर ३ को (क) का उम्मेदवार शिवकुमार साह तेलीसहित टोलीले पोखरिया नगरपालिका वडा नं. ९ शिवबर्वामा घरदैलो गरेका हुन् ।
स्थानीय जनताले यसपाली प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभामा “आमा छापका” उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभाका उम्मेदवारलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।
घरदैलो अभियान पोखरिया वडा नं. ९ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको प्रदेश सभाका ३ (ख) का उम्मेदवार साहले जानकारी दिनुभयो ।
भोट माग्दै उम्मेद्वारसहितको टोली शिवबर्वाका विभिन्न टोलमा पुगेको थियो । शिवबर्वाबासिले यसपाली नेपाल सुशासन पार्टीका विकासप्रेमी एवम् आमा छापका उम्मेद्वारलाई भोट दिने बताएका छन् ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्