वीरगञ्ज भन्सारको मुख्य नाकामा खटिएका सशस्त्र र नेपाल प्रहरी इन्चार्ज कारबाहीमा
तस्करी आरोपमा सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट, सई, असईसहित ९ जनालाई र नेपाल प्रहरीको वरिष्ठ प्रहरी नायव निरीक्षक हिमाल भण्डारीसहित ५ जना गरि १४ जनालाई मूख्यालय तानिएको छ ।
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट गत असोज २३ गते कपडा लगायत सामग्री लोड गरी काठमाडौंतर्फ निस्किएको मालवाहक ट्रकलाई वीरगन्ज भन्सारस्थित सशस्त्र प्रहरी बल बीओपीको टोलीले नियन्त्रणमा लियो । बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले चालकसँग कपडा व्यापारीको मोबाइल नम्बर लिएर सम्पर्क गरे । सम्बद्ध स्रोतका अनुसार प्रहरी निरीक्षक भट्ट र कपडा व्यापारीबीच ‘आर्थिक डिल’ भएपछि उक्त ट्रक त्यही राति त्रिभुवन राजमार्ग अन्तर्गत वाराको जीतपुरतिर छाडिएको थियो । मालवाहक ट्रक छोडाउन निरिक्षकसँग गरिएको ‘डिल’ को प्रमाणसहित व्यापारीले सशस्त्र प्रहरी बल मूख्यालयमा उजुरी गरेका थिए । छानबिनमा दोषी देखिएपछि सशस्त्र प्रहरी निरीक्षक भट्टसहित बोओपीका ९ जना प्रहरीलाई मूख्यालय तानिएको छ ।
‘उजुरी पर्ने बित्तिकै प्रहरी निरीक्षक भट्टलाई बर्दिवासस्थित सशस्त्र प्रहरी बल वाहिनीमा अनुसन्धानका लागि बोलाइएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा सशस्त्रका एक अधिकृत भन्छन्, ‘बाहिनी गएको २ दिनमा प्रहरी निरीक्षक, सई, असईसहित ९ जनालाई मूख्यालयले तानेको छ ।’
सशस्त्र प्रहरी स्रोतका अनुसार निरीक्षक भट्टको टोलीले मालवाहक ट्रक छाड्नका लागि कपडा व्यापारीसँग ३ लाख ५० हजार रुपैयाँ लिएका थिए । छानबिनका लागि भट्ट मूख्यालय गएपछि वीरगन्ज भन्सार बीओपीमा तत्कालका लागि सशस्त्र प्रहरी गण पर्साले प्रहरी निरीक्षकसँग प्रकाश भुजेललाई पठाएको छ ।
यसैगरी भन्सारस्थित नेपाल प्रहरीको इनर्वा प्रहरी चौकीका वरिष्ठ प्रहरी नायव निरीक्षक हिमाल भण्डारी गत असोज ९ मा कारवाहीमा परेका थिए । सीमावर्ती भारतीय रक्सौल बजारबाट मालसामान लिएर आउने कारोबारीसँग पैसा लिएको भिडियो सार्वजनिक भएपछि चौकी प्रमुख वरिष्ठ सई भण्डारीसहित ५ जना प्रहरी कारवाहीमा परेका थिए । भिडियोमा देखिएका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जनाए ।
प्रहरी हेडक्वार्टरबाट काजमा वीरगन्ज आएको भोलिपल्ट नै भण्डारीले इनर्वा प्रहरी चौकी प्रमुखको जिम्मेवारी पाएका थिए । ‘काठमाडौंबाट वीरगन्ज आएर भण्डारी एक रात होटलमा बास बसी भोलिपल्ट इनर्वाको पोष्टिङ पाएका थिए,’ एक प्रहरी अधिकृत भन्छन् । वीरगन्ज रक्सौल नाकामा रहेको इनर्वा प्रहरी चौकी सईका लागि आकर्षक पोष्टिङ मानिन्छ ।
यस्तै पैसा असुलिरहेको भिडियो सार्वजनिक भएपछि भण्डारीको काज फिर्ता भएको छ । हवलदारसहित अन्य ५ जना जिल्ला प्रहरी कार्यालय पर्सा तानिएका छन् । पैसा लिएको भिडियो सार्वजनिक हुनुअघि भण्डारीको टोलीले रक्सौलबाट ८ लाख रुपैयाँ लिएर वीरगन्जतर्फ आइरहेका एक हुन्डी कारोबारीलाई नियन्त्रणमा लिई ३ लाख रुपैयाँ लिएर छाडेका थिए ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्