वीरगञ्ज – नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ (क)को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको छ । मधेश प्रदेशका सह ईन्र्चाज एवं पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एस का नेता जलन्धर कुर्मीको नेतृत्वमा दुई सय भन्दा बढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन ।
कार्यक्रममा नेकपा एमालेका पर्सा ईन्र्चाज प्रभु हजरा, सह ईन्र्चाज अरबिन्द सिंह, निर्मला देवकोटा, पर्सा अध्यक्ष जयप्रकाश थारु , प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायतकाले धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले देश बिकाशको लागि एमालेको सरकार आवश्यक रहेको बताए ।
उनले काँग्रेस नेतृत्वको गठबन्धन देशको अहितमा रहेकोको समेत आरोप लगाए । वृद्धा भता,हुलाकी सडक लगायत देशमा ठुलठुला योजनाहरु एमालेले ल्याएको बताउदै मंसिर ४ गते पनि एमालेलाई पुर्ण बहुमतका साथ बिजयी गराउन आग्रह गर्नुभयो ।
पर्सा क्षेत्र नम्बर १ ९क०का जनताले योग्य ,ईमन्दार उम्मेदवारको रुपमा बिचारी यादवलाई पाएको भन्दै बिकाश पुरुष बिचारी यादवलाई बिजयी गराउन आग्रह गरे । उनले जनताको दुखसुखमा अहोरात खट्ने बिचारी यादवलाई बिजयी गराए मात्र यो क्षेत्रको बिकाश हुन सक्ने तर्क राखे ।
शाह दरबारमा सम्पन्न कार्यक्रमम पर्सा क्षेत्र नम्बर १ ९क०का अगुवा कार्यकर्ताको उपस्थ्तिी थियो । कार्यक्रमको सहजीकरण वीरगंज महानगरका सचिव सुन्दर कुर्मीले गरेका थिए ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्