एमालेको अगुवाईमा नै मुलुक अग्रगति लिने कुरा प्रमाणित भइसकेकोले देशको निकाशकालागि पनि एमालेको पक्षमा मतदान गर्न उत्साहित अवस्था रहेकोले एकजुट भएर कार्यकर्तालाई लाग्न निर्देशन दिनु भयो ।
पर्सा – पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभाका उम्मेदवार जालिम मिया र प्रदेश सभा क का उम्मेदवार जयप्रकाश थारुलाई जिताउन जनतामा उत्साह देखिएको छ । शुक्रवार जिराभवानी गाउपालिकाको जितपुरमा सम्पन एमालेको प्रदेश सभा स्तरिय भेलामा सहभागीहरुको उपस्थिती तथा उत्साहले जालिम र जयप्रकाशको बिजय यात्रा सहज हुने देखियो । ठोरी, जिराभवानी तथा जगरनाथपुर गाउपालिकाका अगुवा कार्यकर्ताहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार जालिम मियां तथा प्रदेश सभा ९क० का उम्मेदवार जयप्रकाश थारुलाई एकजुट भएर जिताउन संकल्प लिए । कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले क्षेत्र नम्बर ४ का जनताले विगत लामो समय देखी अन्याय अत्याचार, शोषण र मुद्दा मामिला गराएर जनतालाई तर्साउनेलाई पराजति गर्दै आएको र फेरीपनि परास्त गर्ने बताए ।
एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजराले एममाले विजयले शोषणको अन्तगरि गाउ गाउमा शान्ति ल्याउने बताए । क्षेत्र नम्बर ४ को जनता सदैव परिवर्तन र विकाशको पक्षमा मतदान गर्दै आएकोले यस पटक पनि एमाले कै पक्षमा मतदान गर्न आतुर रहेको वक्ताहरुले बताए । एमालेको अगुवाईमा नै मुलुक अग्रगति लिने कुरा प्रमाणित भइसकेकोले देशको निकाशकालागि पनि एमालेको पक्षमा मतदान गर्न उत्साहित अवस्था रहेकोले एकजुट भएर कार्यकर्तालाई लाग्न निर्देशन दिनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य निर्मला देवकोटा, प्रतिनिधी सभा उम्मेदवार जालिम मिया, प्रदेश सभा उम्मेदवार जयप्रकाश थारु, प्रदेश सदस्य , जिल्ला सदस्य, गाउपालिका कमिटीका अध्यक्षहरु, पालिकाका अध्यक्षहरु लगायतका नेता कार्यकर्ताले मन्तव्य राखेका थिए ।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्