वीरगञ्ज - नेपाल विद्यार्थी संघ नेविसंघ पर्साको अध्यक्षमा ईन्जिनियर रमेश यादव मनोनित हुनु भएको छ ।
नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यालयले असोज २४ गते यादवलाई अध्यक्षमा मनोनित गरेको हो ।
अध्यक्षमा मनोनित भएका यादवलाई नेपाल विद्यार्थी संघका नेता बालमिकि यादवले आज पत्र हस्तानान्तरण गरेका थिए ।
केन्द्रिय कार्यालय आसन्न संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेस पर्साबाट नेबिसंघको जिल्ला अध्यक्षको नाम माग गरेको थियो ।
सोही अनुसार पार्टीले गएको असोज १३ गते यादवको नाम अध्यक्षको लागी पठाएको थियो । नेपाल विद्यार्थी संघको केन्द्रिय कमिटि विगत ३ बर्ष देखि भंग भएको अवस्थामा छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्