वीरगन्ज – अन्तिम अवस्थामा सत्तारुढ गठबन्धनबाट निस्किएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीबाट पर्साको अधिकांश प्रदेश सभा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दर्ता भएको छ । एमालेको भागमा परेको प्रदेश सभाको सिटमा जसपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता दिएका छन् । जसपाका ९ जना नेताले एमालेका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
एमाले जसपा गठबन्धनका जिल्लास्तरीय नेताहरुको सोमबार बसेको बैठकले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको थियो । निर्वाचन कार्यालयले आज बुधबार अपराह्न एक बजेभित्र उम्मेदवारको नाम फिर्ता लिने समयावधि निर्धारण गरेको छ । आजै तीन दिउँसो ३ बजेसम्म निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन आयोगले सूचना प्रकाशित गरिसकेको छ ।
एमाले र जसपाको सिट तालमेलमा पर्साको निर्वाचन क्षेत्र १(क) प्रदेश सभाको सिट एमालेको भागमा परेको थियो । एमालेबाट संविधान सभा सदस्य विचारी यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यही क्षेत्रमा जसपाका निवर्तमान प्रदेश सांसद जन्नत अन्सारीले पनि उम्मेदवारी दिएका छन् ।
यसैगरि २(ख) बाट एमालेका हरेराम पटेलले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा जसपाबाट वीरगन्जको मेयर जितेका राजेशमान सिंहका भतिजो रुपेशमान श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यही क्षेत्रबाट निवर्तमान प्रदेश सांसद तथा पूर्व कृषि राज्यमन्त्री जसपा नेतृ करिमा बेगमले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । २(ख) बाटै जसपाका मुकेश द्धिवेदीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्साको ३ (क) एमालेको भागमा परेको थियो ।
एमालेबाट निर्वतमान प्रदेश सांसद अब्दुल रहिम अन्सारी (मन्जुर) ले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रबाट जसपाका प्रमोद जैसवालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जैसवाल सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालका दाई हुन् । एमालेबाट निलराज गिरीले समेत बागी उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेको भागमा परेको ४(क) बाट संविधान सभा सदस्य तथा एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारुले उम्मेदवारी दिएका छन् । जसपाबाट टिकट नपाएपछि जरि लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरि पर्साको ४(ख) जसपाको भागमा परेको थियो । जसपाका निवर्तमान प्रदेश सांसद सिंघासन कलावरले फेरि उम्मेदवारी दिएका छन् ।
एमालेका प्रहलाद साह कानुले उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । छिपहरमाई गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि विजयी भएका मनोज गुप्ताको हजुरबुवा हुन प्रहलाद साह कानु । जानकारका अनुसार उक्त प्रदेश सभा क्षेत्रमा उनको बलियो पकड रहेको छ । प्रहलाद साह कानुको स्वतन्त्र उम्मेदवारी सिंघासनलाई टाउको दुखाईको विषय बनेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्