भौतिक शास्त्रमा स्नोतकोत्तर गरेका युवा चुनावी मैदानमा

विभिन्न क्याम्पसमा भौतिकशास्त्र, गणित, तथ्याङ्कशास्त्र, विगत १० वर्षदेखि पढाउँदै आएका छन् ।

सम्वादाता | २०७९ असोज २५ गते ०८: ४९ मा प्रकाशित

वीरगन्ज– मंसिर ४ गते हुने निर्वाचनका लागि रामबाबु प्रसाद यादवले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
भ्रष्टाचार, गैरजिम्मेवारीपन, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति, सिन्डिकेट र जबर्जस्तीका विरुद्धमा अवस्था परिवर्तन, सुशासन र नयाँ सुरुवातमा युवाहरूको योगदान अपरिहार्य भएकोले उनी राजनीतिमा होमिएका हुन् ।

यादवले भौतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । विभिन्न क्याम्पसमा भौतिकशास्त्र, गणित, तथ्याङ्कशास्त्र, विगत १० वर्षदेखि पढाउँदै आएका छन् ।
विभिन्न विषयमा उनका कक्षाहरू युटुबमा पनि हेर्न सकिन्छ । यादवले गुणस्तरीय शिक्षा सस्तो र सबैको पहुँचमा हुनुपर्छ भन्ने विषयमा सोसल मिडियामार्फत् जनचेतना फैलाउँदै आएका छन् ।
उनले आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न पुस्तक समेत प्रकाशित गरेका छन् । अब्बल एवं क्षमतावान् युवालाई जितको र सुधारको पक्षमा स्थानीय युवा तथा सबैले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको यादवले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्