बेगाने की शादी मे अब्दुला दिवाना माधवका कर्मचारीहरूको कार्यक्रममा एमालेको भिड

जिल्लाभरि नराम्रो संग पराजय बेहोर्दै नेकपा एसले वडा सदस्यमा समेत उपस्थिति गर्न सकेन , जनताले अस्विकार गरेपनि एस निकट कै एकात कर्मचारीको प्रभाव भने एमालेका केन्द्रीय सदस्यहरूमा कायमै रहेको छ ।

सम्वादाता | २०७९ असोज १३ गते ०७: ०७ मा प्रकाशित

वीरगञ्ज - पर्सामा माधव नेपाल नेतृत्वको नेकपा एस निकटका कर्मचारी संगठनको कार्यक्रममा एसका नेता भन्दापनि एमालेका केन्द्रीय सदस्यहरू कै भिड देखिन्छ ।
बिगतको स्थानिय निर्वाचनमा जिल्लाभरि नराम्रो संग पराजय बेहोर्दै नेकपा एसले वडा सदस्यमा समेत उपस्थिति गर्न सकेन , जनताले अस्विकार गरेपनि एस निकट कै एकात कर्मचारीको प्रभाव भने एमालेका केन्द्रीय सदस्यहरूमा कायमै रहेको छ ।

नेकपा एमाले बिभाजन पश्चात माधव नेपालको नेतृत्वमा भोला पोखरेल कर्मचारी संगठनको अध्यक्ष र केन्द्रीय ईन्चार्ज हुँदै नेपाल निजामती कर्मचारी संगठनलाई समेत विभाजनको संघारमा पुर्याए । कर्मचारीहरू फुट्न नचाहेपनि केन्द्रीय नेतृत्वले नै पक्ष रोजेपछि त्यस्को असर पर्सामा पनि पर्यो ।

पर्सामा अमित गिरी र सुबेदार यादवले माधव नेपाल पक्ष रोजे । पर्सामा २०७३मा सम्पन सिबिए निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन बिजयी भएको थियो । त्यति बेला सिबिए अध्यक्षमा सुबेर यादव चुनिए उनी अहिले सेवानिवृत भएपछि एमाले छाडेर अर्को दलमा गईसकेका छन ।

तयसैगरि त्यतिबेला भोला पोखरेलको अगुवाइमा नेकपा एस निकट संगठन बनाएका अमित गिरी पक्षले बुधवार बीरगन्जमा कार्यक्रम गर्दा मन्ञमा एमाले कै नेताहरूको भिड देखिएपछि केही कर्मचारी अगुवा चकित छन ।
बुधबार सम्पन कार्यक्रममा नेकपा एसका नेता मन्ञमा थिएनन् तर एमाले पर्सा ईन्चार्ज एवं केन्द्रीय सदस्य प्रभु हजरा , सह ईन्चार्ज अरबीन्द सिहं , लगायतका एमाले नेताहरूले कार्यक्रमलाई सफल बनाउन व्यस्त थिए । केही दिन अगाडि मात्र एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन पर्साले दशै तिहार,छठ पर्वको शुभकामना तथा बनभोज कार्यक्रम सम्पन गरेको छ ।

पर्साको प्रयटकिय स्थल ठोरीमा आयोजन गरिएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष प्रभास साह सहभागी भएका थिए । त्यस कार्यक्रममा एमाले नेताहरूको सहभागिता उत्साहजनक थिएन । तर एस निकट कर्मचारीहरूको कार्यक्रममा ओलीका नेताहरूको भिडभाड थियो। नेपाल निजामती कर्मचारीको नाममा कस्को कार्यक्रम भयो भनेमा कर्मचारी वर्ग भ्रमित भएका छन ।

एमाले निकटको आधिकारिक संगठन कुन हो , र माधव नेपालको निकटको कुन हो फरक छुट्टाउनै समस्या भएको एक कर्मचारीले बताए । अमित गिरी भोला पोखरेलहरू संग एसमा गएका थिए,भोला पोखरेल केहिदिन अगाडि मात्र राजधानीमा केपी ओली संग टीका लगाई फर्किएका छन ,त्यसैगरि गिरी लगायतका साथी नफर्किए सम्म पार्टीका केन्द्रीय सदस्य जस्ता नेताहरू उनिहरूको कार्यक्रममा सहभागिता जनाउनु कतिको जायज हो उनले प्रश्न गरे ।
अमित गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी एमाले केन्द्रीय सदस्यहरू कै अगाडि कर्मचारी नेता सुबेदार यादवले आफू अर्को दलमा गईसकेको तर कर्मचारीहरूलाई संगठित गर्ने कार्य नरोकिएको बताए ।

एमालेका जिम्मेवार नेताहरूको अगाडि यो ठूलो प्रश्न चिन्ह खडा भएको हो । एस निकटका कर्मचारीलाई व्यक्तिगत लगावमा प्रोत्साहित गर्ने र आफू निकट भएका आधिकारिक संगठनलाई वास्ता नगर्ने परिपाटीले कर्मचारी वर्गमा रहेको एमालेको साख ओरालो लागने क्रममा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्