वीरगञ्ज - अगामी मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले २०७९ असोज ६ गते एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रवाना दिन सरकारलाई निर्देशन दिएपनि यातायात व्यवस्था कार्याल्य नारायणी पर्साका दुई कर्मचारीहरुले सो निर्देशनलाई धोती लगाई दिएका छन् ।
विगत ३ वर्षदेखि विभिन्न शक्ति केन्द्रको आडमा या।व्य।का। वीरगञ्ज, नारायणीका कार्यरत छैठो तह कम्प्यूटर अपरेटर शम्भु चौधरी र कलाम हुसैनको सरुवा भईसक्दा पनि उनीहरु वीरगञ्ज मै कार्यरत रहनु थप रहस्यको विषय भएको छ ।
निर्वाचन आयोगले अगामी निर्वाचनका लागि यहीँ असोज ६ गते देखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएकोले यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतादाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने र समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकुल प्रभाव पार्ने हुँदा असोज ६ गते देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै कर्मचारीको सरुवा नगर्न/नगराउन र असोज ५ गते सम्म सरुवा भईसकेको अवस्था भए तत्काल रवाना लिई ९ गते सम्म सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको भएतापनि यी दुई कर्मचारी चौधरी र हुसैन आज १० गतेसम्म पनि सम्बन्धित कार्यालयमा हाजिर नभई वीरगञ्ज मै कार्यरत रहेका श्रोतले जनाएको छ ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत भाद्र १० गतेको निर्णय अनुसार मो। कलाम हुसैनलाई यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साबाट कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय मधेश प्रदेश र शम्भु चौधरीको भाद्र २० गते प्रदेश जनलोकपाल आयोग मधेश प्रदेशमा सरुवा गरिसकेको छ । श्रोतका अनुसार नारायणी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पर्साका निमित्त कार्यालय प्रमुख र एक माओवादी नेताको आर्शिवादका कारण यिनीहरु वीरगञ्जमा विगत ३ वर्षदेखि जरा गाडेर बसेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्