नगरपालिकामा एक करोड क्षति, दोषिमाथि कडा कारवाही हुन्छ – मेयर कलवार

काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीहरुले नगरपालिकाको सम्पतिमा माथि क्षति पुर्‍याएको मेयर किसोरी प्रसाद कलवारले दावी गरेका हुन्

सम्वादाता | २०७९ असोज ७ गते १७: ३९ मा प्रकाशित

वीरगञ्ज - नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीले नगरपालिकाको कार्यालयमा तोडफोड गराएको सिम्रौनगढका मेयर किसोरी प्रसाद कलवारले आरोप लगाएका छन् । बिहिबार नगरपालिका प्रागंनमा पत्रकार सम्मेलन गरि मेयर कलवारले सो आरोप लगाएका हुन ।

उनले बिद्यार्थीहरुलाई उचालेर नेपाली काँग्रेसका जनप्रतिनिधि र करारका कर्मचारीहरुले नगरपालिकाको सम्पतिमा माथि क्षति पु¥याएको दावी गरे । उहाँले पुर्व नगर प्रमुखलाई जोगाउन लेखाको अभिलेख नष्ट पार्ने योजना अन्र्तगत कार्यालय माथि आक्रमण गरिएको बताए ।

आक्रणमका कारण करिव एक करोड रुपैया बराबरको सम्पतिमा क्षति भएको मेयर कलवारले जानकारी दिए । उनले वडा नम्बर ४ का वडा अध्यक्ष अवधेश सहनीले दर्ता चलानी खोसेर श्रेस्ता हिनामिना गरेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउदा पनि प्रशासन मौन रहेको प्रति गुनासो गर्नुभयो ।

असोज १० गते नगरपालिकाले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमणको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरे पनि केहि नेताको ईसारामा बिद्यार्थीहरुले उदण्डता प्रस्तुत गरेको आरोप लगाए । नगरपालिका आक्रमण गर्ने उपर कानुनी उपचार खोजिने समेत पत्रकार सम्मेलनमा मेयर कलवारले जानकारी गराए ।

असोज ४ गते श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय खजानी, कंकालीमाई बिद्यालय र जनता माबि कोचोर्वाका बिद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्